Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बासु—बैरागी शहादत दिबस


२०७६ भाद्र २३ गते , सोमवार प्रकाशित

   सीताराम थापा     
        

परिचय  
नेपाली कम्युनिष्ट आन्दोलनमा उल्लेखनिय योगदान गरि बीर गति प्राप्त गरेका शहिदको स्मरण गर्नु  हो बासु र भिमसेनलाई सम्झनु । उनीहरु कुनै नीजि ब्यक्ति होईनन, आलो रक्तबिज बाट सृजित आन्दोलन र  परिवर्तन अर्काे नाम हुन् । यसैले   नेपालमा आज बासु–भिमसेन स्मृति  दिवस मनाउने गरिएको हो । दिवस मनाउनु उनिहरुको स्मरण लाई निरन्तरता दिनु र बर्तमानमा त्यसबाट बिकृति र बिसंगति समाप्त पार्ने पाठ सिक्दै नया युगको थालनी गर्नु पनि हो।     

                                                                         
 भाद्र २३ गते बासु स्मृति दिवस
   
                                          
बासु–बैरागी स्मृति दिवस नेपालका कम्युनिष्टहरुल नेपाल भर स्मरण गरे। बासु अर्थात् सुरेश वाग्ले  तत्कालीन नेकपा( माआबादी)का बैकल्पिक पोलिटब्यूरो सदस्य थिए । तत्सकालीन सत्ताले  जनयुद्वको क्रममा उनको हत्या गरेको थिो भाद्र २३ गतेका दिन र यसरी उच्च शहादत प्राप्त गरेका थिए क.बासुले । यसै गरि अर्काे योद्वा क. बैरागिको पनी सोहि दिन  साहदात प्राप्त गरेका थिय। काठमाण्डौमा पनि उनीहरुको आज स्मरण गरिएको थियो । त्यसरी नै  एक समारोह बीच बागलुङमा सत्ताधारी नेकपको जिल्ला पार्टी सचिवालयले   पनि स्मृति दिवस मनाउदै खबरदारीकासाथ  श्रद्वाञ्जलि अर्पण गरिएको थियो। देस भर गरिएको यस्ता स्मरणले के गर्ला त्यो भने पुनस् समिक्षाको बिषय हुने छ।                                                                     
 को हुन बासु ?                                                     

गोरखा जिल्ला आँपपीपल गाविस–५ रातडाँडा गाउँमा वि.सं. २०१० भाद्र २४ मा स्व.पिता भोजराज वाग्ले स्व. माता दुर्गादेवी को कोखबाट जन्मिएका हुन्  बासु  । उनको खास नाम सुरेश वाग्ले हो  ।     गरीबिमा जन्मिएका बासु बालापनमै शारिरिक रुपमा कमजोर तर तिक्ष्णबुद्धिका थिए। ६ वर्षको उमेरमा मामाघर बसेर संस्कृतमा ७ कक्षा पढ्ने अवसर जुराए। वाल्मीकि वि.सं.बाट २०३० सालमा शास्त्री अध्ययन गरे। २०२७ सालदेखि उत्पिडित नेपालीको मुक्तिका खातिर  शासक विरुद्ध लड्ने अठोट गरेर ब उनले मार्क्स, लेनिन र माओका संकलित रचना अध्ययन गरी आफुलाई दिशाबोध गरा ।  सिर्जनशील क्षमताका धनी बासुको प्रसिद्ध रुसी साहित्य कार म्याक्सिम बिश्वप्रसद्ध उपन्यास आमा उपन्यासका लेखकगोर्की बारेको पहिलो आलेख पनि छापियो। 
   
उनका बिरुद्ध गिद्धेनजर
                                                                           
गोर्खा जिल्लामा २०३२ शालमा जनता मावि आपपिपलमा शिक्षकको रुपमा आवद्व भएर त्यहां कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो हस्ति बने उनी । मशाल समर्थक हुँदै २०३४ मा नेकपा चौमको पार्टी सदस्यता लिएका (बासु २०३६ मा गोरखामा क्रान्तिकारी शिक्षकमा स्थापित भए। पछि( गोर्खाकै हंसपुर गाबिसको ज्ञान ज्योति माबिमा  सरुवा भएर बासुले त्यहाका शिक्षकहरुलाई कम्युनिष्टमा समाहित गरी पञयतको बिरुद्ध   स्थानीय जनताहरुलाई अन्यायप्रति घृणा जगाउदै दमनकारी राज्य सत्ता बिरुद्व एकीकृत अभियान चलाए। यतिबेला तानाशाहि पंचायतले उनी र उनका बिधालयमा गिद्धे नजगर लगाईरह्यो।      २

०४६ सालको प्रजातन्त्र प्राप्ति पछि(बासु १६ बर्ष पछि स्थायी शिक्षक भए। ०४७ सालको प्रतिनिधि सभामा एकता केन्द्र मसाल समर्थित संयुक्त जनमोर्चा नेपालबाट गोरखा क्षेत्र नं. २ उम्मेदवारी पाए पनि झिनो मतान्तरमा नेकाबाट हार खाए।  यसपछि २०४८/२०५२ सम्म गोरखा जिल्ला पाटीको नेतृत्व गरे। २०५२ जनयुद्वको घोषणा र योजना संगै उनी समाहित भएर गोरखा, सिन्धुलि, रामेछापको जिम्मेवारीमा योगदान गरे। २०५६ भदौ माओबादी केन्द्रीय समितिको बैठक बाट गोरखा फर्कदा उनी लगायत प्लाटुन कमाण्डर भिमसेन र प्लाटुन सदस्य बिना संग प्रहरी गिरफ्तार परे। प्रहरी फार्सले भिमसेन जस्ता सच्चा देशक्तलाई गोलि हानेर हत्या गर्याे। बिना घाईते बाघ झै भाग्न सफल भईन र बचिन् । पोलिटब्यूरो सदस्य बासु आत्मसमर्पणको लागि अस्विकृतिलाई लिएर प्रहरी फोर्सले त्यसै  दिन गोली हानेर हत्या गर्यो र उनले शाहदात प्राप्त गरे। यसै दिन देखि बासु–बैरागिको स्मृति दिवस मनाइदै दै आएको ईतिहास सांक्षि छ । शहीद बासु–भिमसेन अमर रहुन् !        

थापा सामाजिक अभियान्ता हुन।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif