Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

दर्जन स्रष्टा पुरस्कृत गरी पल्लव साहित्यिक कुम्भ मेला सम्पन्न


२०७६ भाद्र २३ गते , सोमवार प्रकाशित

पल्लव साहित्य प्रतिष्ठान चितवन र लायन्स क्लब अफ चितवन वाङ्मयको संयुक्त आयोजनामा स्रष्टा सम्मान, कृति विमोचन, रचना वाचन तथा पुरस्कार समर्पण समारोह भाद्र २१ गते अति सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
पल्लव साहित्य प्रतिष्ठान, चितवनका संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ को सभाध्यक्षता र वरिष्ठ समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यमा चलेको उक्त कार्यक्रमलाई पल्लव साहित्य प्रतिष्ठान चितवनका आजीवन सदस्य कमल अर्याल ‘धादिङ्गे’ ले सञ्चालन गरेका थिए ।
साहित्यिक कुम्भ’ नामकरण गरिएको सो कार्यक्रमबाट सम्मानित हुनुहुने स्रष्टाहरूमा टीकाराम वाग्ले (हरिनाथ गा.पा., स्याङ्जा), गणेश विषम (दाङ), सूर्यप्रसाद लाकोजु (पनौती ७, काभ्रे), बिर्खे अञ्जान (थाहा न.पा., पालुङ, मकवानपुर), शिव त्रिपाठी (पोखरा म.पा.-२५, हेम्जा), डा.गणेशकुमार पौडेल (हेटौँडा, मकवानपुर), अर्जुन पीयूष (गान्तोक, सिक्किम, भारत), राजेन्द्र घायल (रत्ननगर, चितवन), शान्ति अधिकारी पोखरेल (कोहलपुर, बाँके), गीता सेढाईं कँडेल (नारायण्गढ, चितवन), बालकवि सुबिन रिमाल ‘प्रशान्त’ (नुवाकोट) र बालकवि जोशिका कँडेल ‘निशा’ (कपिलवस्तु) समेत बाह्रजना स्रष्टाहरूलाई विविध शीर्षकका पुरस्कारका साथमा पल्लव राष्ट्रिय साहित्य सम्मान (२०७६ द्वारा सम्मान गरिएको थियो ।



उक्त कार्यक्रममा पल्लव साहित्य प्रतिष्ठानको मुखपत्र ‘पल्लव साहित्यिक पत्रिका’ को २४ औँ अङ्कका साथै केशवराज आमोदी (चितवन) को अवलोकन र अनुभूति (समालोचनासङ्ग्रह), रमेन्द्र कोइराला (इनरुवा) को शून्यमा बिलाएको जीवन (कथासङ्ग्रह), महेन्द्रप्रकाश खाती क्षेत्री (शाही) (चितवन) को स्वाधीनताका आँकुरा (लेखसङ्ग्रह), मिलन थोकर (नुवाकोट) को आफ्नै देश प्यारो (कवितासङ्ग्रह), काशिम मियाँ (चितवन) को प्रयोगशालामा बृहत् नेपाल निर्माणको वृत्तान्त (लेख(अनुसन्धानसङ्ग्रह) कृतिहरू र हरिहर संन्यास आश्रम देवघाटद्वारा प्रकाशित केही कृतिहरू संयुक्त रूपमा लोकार्पण गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व प्राज्ञ वरिष्ठ साहित्यकार उपेन्द्र ‘पागल’ बस्नेतज्यू (इनरुवा), हरिहर संन्यास आश्रम विद्यापीठका प्रार्चाय गुरु ब्रह्मचारी सुवाश चैतन्य (देवघाट, तनहुँ), पल्लव साहित्य प्रतिष्ठानका सल्लाहकार एवम् गजलगुरु केशवराज आमोदी (चितवन), डा. गोपाल पौड्याल ‘माण्डने’ (काभ्रे), डा. वासुदेव काफ्ले, ऋषिकेशव कँडेल (कपिलवस्तु), पल्लवमा पुरस्कार कोश स्थापनाकार एवम् वरिष्ठ गीत/गजलकार युसुफदिन मियाँ ‘पाल्पाली’ (चितवन), कृष्णविक्रम राना (असम, भारत), नरबहादुर श्रेष्ठ (असम भारत) र वरिष्ठ कवि गोविन्दराज विनोदी (गैँडाकोट, नवलपुर), महेशजङ्ग कुँवर (काठमाडौँ) को सहभागिता रहेको थियो ।
यसैगरी अतिथिहरूमार् इ.सन्तोषकुमार पोखरेल (काठमाडौँ), राममणि पोखरेल (उदयपुर), सञ्जित पोखरेल (झापा), श्यामप्रसाद ढुङ्गाना (उदयपुर), सदानन्द अभागी (नवलपुर), दधी स्मृति साहित्य समाज, कपिलवस्तुका अध्यक्ष दिलीप कार्की, छन्दमार्गी कवि जयगोविन्द आचार्य (नुवाकोट), साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा पौडेल ‘सुमी’, छन्दवादी समाज नेपाल रूपन्देहीका संस्थापक अध्यक्ष कविराज पौडेल, लोकनाथ खराल (नवलपुर), रामप्रसाद मिश्र (नुवाकोट), लायन्स क्लब अफ चितवन वाङ्मयकी अध्यक्ष मीरा तिमिल्सिना ‘धरा’ (चितवन), छविकिरण ओली (दाङ), लक्ष्मीदत्त भट्ट (कञ्चनपुर), प्रियवन्दना काफ्ले (काठमाडौँ), बाबुराम पोखरेल (विराटनगर), दधी स्मृति साहित्य समाज कपिलवस्तुका कोषाध्यक्ष लेखनाथ घिमिरे, श्यामप्रसाद ढुङ्गाना उपाध्याय, लीलानाथ सिलुवाल (इनरुवा), रमेशजङ्ग थापा, धन्वन्तरी कात्यायान (काठमाडौँ), सिर्जना शर्मा (रुकुम), कल्पना शर्मा (सिक्किम, भारत), भीमप्रसाद काफ्ले, डमरु बल्लभ (इनरुवा), कृष्णशरण उपाध्याय (देवघाट, चितवन), लक्ष्मीअच्यूत ढुङ्गाना (धरान, सुनसरी), विमला कार्की (धरान, सुनसरी), मीना श्रेष्ठ ‘सविना’ (विराटनगर, मोरङ), विमला पोख्रेल (इनरुवा), महेन्द्रप्रकाश शाही (चितवन), डा. एकनारायण पौडेल (चितवन), विमला कार्की (हेटौँडा), तुलसी त्रिपाठी, गीता खाती, सीताराम कोइराला (चितवन), लीला दाहाल अधिकारी, हीरामणी शर्मार्, इश्वरी प्रधान (गीतानगर), किसानप्रेमी ( चितवन), डा. धनेश्वर भट्टराई (चितवन) इन्द्रराज पौडेल (भेरी), कृष्णादेवी शर्मा श्रेष्ठ (नवलपुर), दुर्गाप्रसाद अधिकारी (कपिलवस्तु), रामप्रसाद मिश्र (नुवाकोट), केदारनाथ खनाल (चितवन), तुलसा घिमिरे (कपिलवस्तु), राजेन्द्रप्रसाद ढुङ्गाना (काठमाडौँ), श्यामबाबु भावुक, (काठमाडौँ), द्वारिका नेपाल (चितवन), प्रमोदकुमार मण्डल (इनरुवा), हरिप्रिया रिजाल (चितवन), पार्वती खनाल अर्याल (चितवन), अमृता रामदाम (चितवन), उर्मिला कार्की (चितवन), भीमलाल गौतम (चितवन), अञ्जु पण्डित (चितवन), प्रकाशबाबु खनाल (चितवन), गिरिराज अधिकारी (चितवन), लेखाराम सापकोटा (चितवन), भीमप्रसाद शर्मा (नवलपुर), देवेन्द्र पौडेल, लकाश पौडेल, गणेशप्रसाद रिजाल, विष्णुप्रसाद वाग्ले (चितवन), माइलादाई न्यौपाने, निलम अधिकारी (चितवन), कृष्णप्रसाद खनाल (चितवन), जगन्नाथ पण्डित लगायत करिब २०० जना स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिगणलाई लायन्स क्लब अफ चितवन वाङ्मयकी अध्यक्ष मीरा तिमिल्सिनाले शब्द स्वागतका गुच्छाले स्वागत गरेकी उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सरस्वतीको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । स्रष्टा सम्मान, पुस्कार र्समर्पण सँगसँगै उपस्थित अतिथिहरूले शुभकामना तथा रचना वाचन गरेका थिए भने पल्लव साहित्य प्रतिष्ठानका सचिव दीपेन्द्रकुमार जोशी ‘निक’ ले सम्पूर्ण कार्यक्रमलाई दृश्यचित्रमा उतार्ने र पल्लव साहित्य प्रतिष्ठान चितवनका उपाध्यक्ष नजाकत हुसैन खाँले सम्पूर्ण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभाध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ ले सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरेका थिए ।

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif