Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

डेंगु हुँदा के के हुन्छ ? बच्न के के गर्नु पर्छ ? ?


२०७६ भाद्र २३ गते , सोमवार प्रकाशित


डेंगु : दुई खाले चरित्र,

(१) डेंगे  र  (२) डेंगे हेमोरोजिक ज्वरो 

लक्षण :

३ देखि ५ दिनसम्म ज्वरो आउने, टाउको अति दुख्ने, जोर्नी, मांशपेशी, आँखा को गेडी (नानी) दुख्ने, खान मन नलाग्ने, कसैलाई बान्ता हुने, जिउमा डाबर, फोका, वा बिबिरा आउने, वा कसैलाई खटिरा वा डन्डीफोर जस्ता डाबर पनि देखिने । अलिकति थिच्दा पनि रगत बग्ने खालका फोका छालामा देखिनु, नाक वा गिजाबाट रगत आउनु, योनीबाट ब्लिडिङ हुनु आदि डेंगेका लक्षण हुन्।
 
खासै औषधीय उपचार छैन

यसको खासै औषधीय उपचार छैन, लक्षणको उपचार गर्ने हो । दुखाई कम गर्ने औषधि दिने, तर एस्पिरिन दिनु हुँदैन । खानामा झोल पदार्थ बढी दिने । पुनर्जलीय उपचार (सेलाईन) दिन सकिन्छ । प्लाज्मा कमी भएर बेहोस हुने अवस्थाको बिमारीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । सेकेन्डरी ईन्फेक्सन भएको अवस्थामा एन्टिबायोटिक वा कार्डियोइस्टोराइड दिनुपर्छ । बिमारीकाे सम्पर्कमा आउँने मानिसलाई खोप दिनु पर्दैन।
 
सावधानी : 
पानी जम्ने भाँडाकुँडा, खाल्डाहरु मा पानी जम्न नदिने, कुवा, ईनार, पोखरी आदि एकदमै सफाई हुनुपर्छ । घर वरिपरि थोत्रा चिजबिजहरू हटाएर पूरै सफा राखेपछि फिनेल छरिदँदा हुन्छ । 
लामखुट्टेको टोकाईबाट बच्ने ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif