Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

चीनका बिदेशमन्त्री वाङ यीको महत्वपूर्ण नेपाल भ्रमण


२०७६ भाद्र २३ गते , सोमवार प्रकाशित

 बिश्वकै शक्तिशाली देश, नेपालको उत्तरमा अबस्थित जनवादी गणतन्त्र चीनका बिदेमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा हिजो अपरान्ह राजधानी काठमाण्डौ आइपुगेका छन् । अनेक कारणले उनको यो भ्रमणलाई नेपाल र चीन दुइ देश बीचको सम्वन्ध तथा क्षेत्रीय र बिश्व परिप्रेक्षमा निकै महत्वपूर्ण हेरिनु पर्ने कूटनीतिक क्षेत्रका बिश्लेषकाहरुले बताइरहेका छन् ।

  यस सन्दर्भमा वाङ यीको यो तीन दिने भ्रमण मूलतः चीनका राष्ट्रपति शी जिनपिङले गर्न लागेको नेपालको सम्भावित भ्रमणको पूर्ब तयारीको लागि भएको मानिएको छ । यद्यपि शी को भ्रमणको कुनै समय सारिणी र कार्यक्रम निश्चित गरिएको कुरा आधिकारिक र औपचारिकरुपमा बाहिर आएको छैन । तर चीनका राष्ट्रपति शीले गर्न लागेको भारतको चार दिने औपचारिक भ्रमणकै बेला नेपालको भ्रमण हुन सक्ने र त्यो १५ अगष्टमा सम्पन्न हुने संक्षिप्त १ दिने भ्रमण हुने अडकल र अनुमान भइरहेको छ । सुरक्षा तथा अन्य कूटनीतिक कारणले गर्दा औपचारिकरुपमा शीको भ्रमण बारेमा कुनै कुरा प्रकाशमा न ल्याइएको बताइन्छ । सम्भवतः वाङ यीको तीन दिने भ्रमण पछि राष्ट्रपति शीको भ्रमणको मिति तय हुनेछ ।



नेपालको बिकासको एक बिश्वसनीय र महत्वपूर्ण साझेदार चीनको यो उच्च स्तरीय भ्रमणले नेपाल र चीन बिचको मूलतः बिबादरहीत दुइ पक्षीय सम्वन्ध अझ प्रगाढ बनाउन र नेपालको बिकासको गतिलाई तीब्रता दिन थप मद्दत पुग्ने कुरा निश्चित छ । यसै सन्दर्भमा वाङ यीको नेपालको तीन दिने औपचारिक  भ्रमणको बेलाको यो दुइ पक्षीय बार्ता केन्द्रित हुने बुझिएको छ । भ्रमणका बेला चीनीयाँ बिदेमन्त्रीले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्र वली र अन्य राजनीतिक नेताहरुलाई पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif