Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

ब्लड डोनर एशोसिएशनको २२औं अधिवेशन सम्पन्न


२०७६ भाद्र २२ गते , आईतवार प्रकाशित



ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्रको २२औं साधारण सभा ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा हिजो भाद्र २१ गते नेपाः बेंक्वेटमा एक समारोहका बिच सम्पन्न भयो ।कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सांसद रामबीर मानन्धर,  बिशिष्ठ अतिथि ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्याल अतिथिकोरुपमा रुपमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, कामनपा १७ नं.वडा अध्यक्ष नविन मानन्धर, कास्कुनका उपाध्यक्ष नवराज अर्याल, ब्लोदानका वरिष्ठ सल्लाहाकार लोकनारायण सुबेदी  तथा सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो  ।


  कार्यक्रमको उद्घाटन र प्रमुख अतिथिको आसनबाट बोल्दै संघीय सांसद रामबीर मानन्धरले रक्तदानको महत्वबारे प्रकाश पार्नुका साथै  ब्लोदानले गर्दैआएको कामहरु सराहना गरेका थिए । उनले रक्तदान जस्तो मानवीय कार्यमा लागिरहनु भएकोमा ब्लोदानका कार्यसमितिलाई उनले धन्यवाद पनि दिए । दुइ तिहाईको आफ्नै सरकार भए पनि यसले अपेक्षितरुपमा जनताको  काम गर्न नसकेको र त्यसले समाजमा नकारात्मक असर परिरहेको पनि उनले उल्लेख गरेका थिए ।    



कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले प्रत्यक्षरुपमा मानव जीवनसंग सम्बन्ध रहेको रक्तदान जस्तो मानवीय कार्यमा लाग्नु एक पुण्यकार्य भएको बताउँदै ललितपुर महानगरपालिकाले रक्तदानको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको र थप सहकार्य र अझ सहयोग गर्न तयार रहेको  बताएकी थिइन् । 


  बरिष्ठ सल्लाहकार लोकनारायण सुबेदीले आबश्यक परेका हरेक बिमारीमले सुरक्षित रगत बिनाकुनै सोधभरना पाउनु पर्ने, रगतको मूल्य बढ्नु नहुने, संबिधानमा स्वास्थ्य सेवा निःशुल्क गर्ने कुरा भएकोले सरकारले आबश्यक परेका बिमारीलाई निःशुल्क रक्तदान दिने उचित प्रबन्ध गरेर संविधानको मौलिक प्राबधानलाई लागु गर्नु पर्ने र बिराामीलाई रगतको अभाव हुन दिनु नहुने तथा स्वयंसेवी रक्तदातथाहरुले जीवनका दानका निमित्त दिएको रक्तदानबाट पाएको  रगतको मूल्य कुनै हालतमा बढ्नु नहुने कुरामा जोडदिदै  ब्लोदानले त्यसका लागि आबश्यक दबाव दिइरहनु पर्ने सल्लाहा दिएका थिए ।

   त्यस्तै गरी कास्कुनका उपाध्यक्ष नवराज अर्यालले कास्कुन ब्लोदानसँग सहकार्य गरेर अझ थप रक्तदानका कार्यक्रमहरु आयोजना गर्न र यसलाई नियमित तुल्याउन सक्दो प्रयाग गर्न तयार रहेको छ भनेका थिए । 


  कामनपा १७ वडा अध्यक्ष नविन मानन्धरले यो वडामा ब्लोदानका पूर्ब केन्द्रिय अध्यक्ष दिबंगत महेन्द्रबिलाश जोशीका सम्वन्धमा ब्लोदानले कुनै कार्यक्रममा गर्ने योजना कामनपा वडा नं. १७ मा राख्दछ भने त्यसमा पूरा सहयोग गर्न तयार रहेको बताएका थिए । सल्लाहकार राजेश श्रेष्ठ लगायत  सल्लाहकारले रक्तदान तथा स्वयंसेवी रक्तदाताहरुको महत्व तथा ब्लोदानले यस क्षेत्रमा गरिरहेको सम्बन्धमा चर्चा गरेका थिए ।   कार्यक्रमको दोश्रो सत्रमा ब्लोदानका महासचिव केशब महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको र तिनमा आवश्यक छलफल पश्चात संशोधनसहित पारित गरिएको थियो ।

  सभापतिको आशनबाट बोल्दै कार्यक्रमका सभापति ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले विगत तीन दशक देखि स्वयंसेवी रक्तदानको क्षेत्रमा निरन्तर रुपमा लागिरहेको संस्थाले विभिन्न चुनौतीको वावजुद पनि यहाँसम्म आइपुगेको बताउंदै सहयोग गर्नुहुने अग्रज, महानुभावहरु, संघसंस्थाका प्रतिनिधिहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएका थिए । साथै ब्लोदानले स्वयंसेवी रक्तदानको क्षेत्रमा सरोकारवालाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा सक्रिय भएर लाग्ने बताए।

   कार्यक्रममा ब्लोदान अफ दि इयरबाट ब्लोदानका महासचिव केशब महर्जन, ब्लोदानका सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ तथा केन्द्रीय रक्तसंचार सेवाबाट वरिष्ठ जनसम्पर्क सहायक लक्षमी भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै ब्लड फण्डमा सहयोग गर्नुहुने नारायण बहादुर बासुकला, कृष्णप्रसाद मानन्धर तथा पूर्णकाजी प्रजापतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

  ब्लोदानका केन्द्रीय सचिव उज्वल के. सी.ले संचालन गरेको त्यस कार्यक्रममा उपाध्यक्ष सुभद्रा खड्काले उपस्थिति सबैको स्वागत अभिबादन गरेकी थिइन्  ।

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif