Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

नेपाल–चीन बिदेशमन्त्री बार्ता बिकासमा केन्द्रित हुने


२०७६ भाद्र २१ गते , शनिवार प्रकाशित

  काठमाडौं ÷ नेपाल र चीनबीच भोलीदेखि राजधानमीमा हुने   बिदेश मन्त्रीय स्तरीय बैठक  आर्थिक र विकास–साझेदारीमा केन्द्रित हुने भएको छ ।    चिनीयाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे आज रासससँग संक्षिप्त कुराकाकारी गर्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका हुन् । यस क्रममा उनले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए।   उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने पनि प्रष्ट पार्न खोजे ।



         यतिबेला चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएका यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए।    चार बर्षको अन्तरालमा हुन लागेको चिनीया बिदेश मन्त्रीको यो भ्रमणका बेला नेपालको विकासका बिकासमा भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहनुकासाथै  बार्तामा वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय चासोका अन्य विविध विषयमा पनि विचारविमर्श हुने बताए।

    चीनको राज्य परिषद्का सदस्यसमेत रहेका  विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिन सकिन्छ कि भन्ने जिज्ञासामा उनले नेपाल भ्रमण गर्न महामहिम चिनियाँ राष्ट्रपतिका निम्ति उपयुक्त समय भएको जानकारी नेपालले दिएको बताए। उनले भने, “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।” नेपालका घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताए। 
    राष्ट्रपति विद्यादेवी भण्डारीले यसै वर्ष गरेको चीनको राजकीय भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रणको राष्ट्रपति सीले सकारात्मक जवाफ दिएका थिए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif