Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवस मनाइयो


२०७६ भाद्र २० गते , शुक्रवार प्रकाशित

शहबाज खान,

कपिलवस्तु,तराई मधेशको बिभिन्न जिल्लाहरुमा बालविवाह तथा मानव बेचबिखनका आपराधिक र अमानबीय घटनाहरु दिनहुँ वृद्धि हुदै गएको अवस्थामा शान्ति पुनस्र्थापना गृह,अफान्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर,कृष्णनगर नगरपालिका,राष्ट्रीय मानवाधिकार,लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले यस बिरुद्ध अलि छुट्टै  कदम चलेका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको कृष्णनगरमा ईलाका प्रहरी कार्यलयदेखि बजार परिक्रमा गर्दै कृष्णनगरको मुटु गोलघर चौराहामा र्याली टुंग्याएको थियो।

  कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरप्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथि २ नं.वडाध्यक्ष संजय गुप्ता अतिथिहरु इप्रका प्रहरी निरीक्षक प्रताप पौडेल,दिनेश गुप्ता,शसस्त्र प्रहरी बल कृष्णनगर का शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट,महिला अधिकारकर्मी मिना परियार,बुद्धी थापा,रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि,सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल र जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूलका विद्यार्थी,समाज सेवी,शिक्षाप्रेमी,भद्रभलादमी लगायत विभिन्न संघ संस्था का महिला पुरुष पत्रकारहरुको उपस्थिति रहेको थियो।


    उक्त कार्यक्रम का अध्यक्षता कृष्णनगर नगरपालिका का न्यायिक समितीका अध्यक्ष सबनम खातुनले गरेकी थिइन्। यो क्षेत्रमा लगनशिलता र मेहनतका साथ सहयोग दिनु भएका सहयोगी हातहरुलाई यस कार्यक्रममा सम्मानित पनि गरेको के.आई नेपालका प्रमुख केशर विश्वकर्माले बताएका छन्। उपस्थित सबै संघ संस्था बाट आएका प्रतिनिधि, बिद्यार्थी,सुरक्षाक्रमी,समाजसेवी ,पत्रकारहरुलाई धन्यवाद दिदै र अगामी दिनमा यस्ता कार्यक्रमहरु अझ प्रभावकारी होस भनेर शुभकामना दिदै नगरप्रमुख शाहले आफ्नो दुइ शब्दको साथ साथै कार्यक्रम समापनको घोषणा गरेको शान्त िपुनस्र्थापना गृह का प्रमुख भूमिराज भटराई ले जानकारी दिएका छन्।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif