Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

शिवम दुग्ध उत्पादन केन्द्र जंगलमा परिणत भएको अबस्थामा


२०७६ भाद्र २० गते , शुक्रवार प्रकाशित

  शहबाज खान कपिलवस्तुको साबिक रामनगर ९ झिगहा हाल कृष्णनगर नगरपालिका ११ झिगहा मा गरिबी निवारण कोष र स्टेन्ड नेपाल को आयोजनामा २०६२÷०६३ मा अन्दाजी २कट्ठा जग्गा मा ५ गाबिसका कृषक र दुग्ध व्यापारीहरुलाई लक्षित गरी शिवम दुग्ध उत्पादन केन्द्रको स्थापनागरेका थिए।   २०६२÷०६३ सालदेखि निर्माणमा रहेको शिवम दुग्ध उत्पादन केन्द्रको भवन र दुग्ध स्टोर गर्ने सर साधन मशिनरी यन्त्रहरु र दुधबाट पनिर,आइसक्रीम,दही, मही जस्ता पदार्थहरु बनाउनको लागि चाहिने सबै उपकरणहरु २०७० साल सम्मा सबैको व्यबस्थापन भइसकेको समितिकी कोषाध्यक्ष श्रीमती कलावती कोरीले बताएकी छन्। आजको दिनमा अवलोकन गर्दा शिवम दुग्ध उत्पादन केन्द्र जंगल जस्तो अवस्थामा पुगिसकेको छ। ५गाबिस गणेशपुर,विद्यानगर,रामनगर,सिर्सिहवा,भगवानपुरका किसान र दुग्ध व्यापारीहरुलाई लक्षित गरि ४४०००००चौवालीस लाख)रुपैयाको लागतमा निर्माण गरेको शिवम दुग्ध उत्पादन केन्द्र यदि सञ्चालनमा आउछ भने त्यो क्षेत्रका किसान र दुग्ध व्यापारीलाई ठूलो राहत र लाभ हुने सम्भावना छ । किन कि यस क्षेत्रमा किसान व व्यापारीहरु बिहान उत्पादन भएको दूग्ध बाजारमा पुराइदिन्छन् तर साझामा उत्पादन गरेको दुग्ध राख्ने कुनै व्यबस्था नहुनाले दुग्ध उत्पादकको संख्या दिन दिनै घटदैरहेको स्थानिय जनताहरुले बताउदैछन्। 

  उक्त केन्द्रका कार्यकरी सचिव मोहम्मद ईशराइलको भनाइअनुसार शिवम दुग्ध उत्पादन केन्द्रको भवन उपकरणहरु आइसकेका छज र यसलाई स१चालनमा ल्याउनको लागि आर्थिक सहयोगको अवश्यकता रहेको छ। धेरै दिनदेखि बन्द अवस्था मा रहेको ले भवन भित्रा रहेको इलेक्ट्रानिक उपकरण हरु खराब भई सकेको छ। उपकारण लाई मर्मत र सर सफाई गरि संचालन मा आउन सक्छ। उत्पादन केन्द्र संचालन मा आए पछि क्षेत्रका किसान ,व्यापारी र उपभोक्ता हरु धेरै उत्साहित र खुशी हुन्छन साथ साथै क्षेत्र का किसानहरु दुग्ध उत्पादन मा बढी रुचि र नवयुवक हरु स्वादेशी व्यापार गाई भैसी पालन गरि दुग्ध उत्पादन मा लाग्ने सम्भावना बढने अवस्था देखा परि रहेको छ।   शिवम दुग्ध उत्पादन केन्द्रको स्थिति बारे कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहसंग कुरा गर्दा शाहले भने कि त्यहाका जनताले सञ्चालन तिर लैजानको लागि हामीसँग कुनै प्रस्ताव गरेको छैन।यदि सञ्चालनमा.लाउने हो भने त्यहाका जनताले नै नगरपालिका मा प्रस्ताव राख्नु पर्छा प्रस्ताब राखे पछि नगरपालिकाले आफ्नो तरीकाले निरीक्षण गर्छ, निरीक्षणमा त्यो क्षेत्रका जनतालाई उत्पादन केन्द्रबाट लाभ हुने अवस्था भेटियो भने नगरपालिकाले सहयोग गर्न तैयार रहेको शाहले बताउनु भयो।      शहबाज खान (कपिलवस्तु) ९८२४४६०१०१,९८४७२९५३६२  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif