Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

मन्थलीमा सनराइज बैंकको शाखा खुल्यो


२०७६ भाद्र २० गते , शुक्रवार प्रकाशित

सदराइज बैंकले मान्थलीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको १२२औ उक्त शाखाको एक औपचारिक कार्यक्रमबीच मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यसैगरी मयेर बस्नेत र सञ्चालक नेपालले एटिएमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif