Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

यस्तो छ गत आर्थिक वर्षको संक्षिप्त आर्थिक सूचकांक


२०७६ भाद्र १८ गते , बुधवार प्रकाशित

 
  • आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ ।
  • वार्षिक औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ ।

  • आयातको वृद्धिदर १३.९ प्रतिशत र निर्यातको वृद्धिदर १९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष आयातको वृद्धिदर २५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.४ प्रतिशत रहेको थियो ।

  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले बढेको छ ।
     
  • शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.९६ करोडले बचतमा रहेको थियो ।

  • कुल विदेशी विनिमय सञ्चिति रु.१०३८ अर्ब ९२ करोड कायम भएको छ । उक्त सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । अघिल्लो वर्ष उक्त सञ्चिति रु.११०२ अर्ब ५९करोड रहेको थियो ।

  • आर्थिक वर्ष २०७५/७६ मा सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु. १०३१ अर्ब १५ करोड र राजस्व संकलन रु.८६५ अर्ब ५५ करोड रहेको छ ।

  • बार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १५.८ प्रतिशतले बढेको छ ।

  • बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १८.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १९.४ प्रतिशतले बढेको छ ।

  • २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेकोचुक्ता पुँजी रु. ३०५ अर्ब ९० करोड, कुल निक्षेप रु. ३२ खर्ब ३५ अर्ब र निजी क्षेत्र तर्फको कर्जा रु.२८ खर्ब ६६ अर्ब पुगेको छ
श्रोतः नेपाल राष्ट्र बैंक

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif