Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

चीनद्वारा आज आणबिक सुरक्षा श्वेतपत्र जारी


२०७६ भाद्र १७ गते , मंगलवार प्रकाशित

    आज सेप्टेम्बर ३ तारिकका दिन  चीनको आणविक सुरक्षा श्वेत पत्र प्रकाशित भएको छ। जसमा चीनले अन्तर्राष्ट्रिय आणविक सुरक्षाको नैतिक आदान-प्रदान र व्यवहारिक सहयोगमा ध्यान दिएको छ भने फ्रान्स, अमेरिका, रूस, जापान, दक्षिण कोरिया लगायत मुलुक र बेल्ट एन्ड रोडका आणविक शक्ति नव विकसित मुलुकसँग घनिष्ट सम्पर्क गर्ने, पचास वटाभन्दा बढी आणविक सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने, उच्च तहबीचको आवत-जावत, विशेषज्ञबीचको आदान-प्रदान, परामर्श तथा समीक्षा, संयुक्त अध्ययन लगायत चौतर्फी सहयोगलाई बढाउने उल्लेख गरिएको छ।

श्वेतपत्रले चीनले आणविक सुरक्षा क्षेत्रका सबै अन्तर्राष्ट्रिय कानूनी पेपर पारित गरी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णयको कडा रूपमा पालना गरेर आणविक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय पहलको समर्थन गरेको तथा संलग्न रहेको जानकारी दिएको छ। चीनले आणविक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई अरू बढाएर न्यायिक, सहयोगमूलक तथा साझा फाइदा हुने अन्तर्राष्ट्रिय आणविक सुरक्षा प्रणालीको स्थापना गर्न अग्रसर भई विश्व आणविक सुराक्षा स्तरलाई उकास्ने कुरा श्वेतपत्रमा दोहोर्याइएको छ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif