Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

सन्दर्भ व्याजदरको विरुद्धमा सहकारीकर्मीले बुझाए महासंघलाई ज्ञापन


२०७६ भाद्र १७ गते , मंगलवार प्रकाशित

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर लागु भएपछि त्यसको विरोधमा आवाज उठ्न थालेको छ । सहकारीको ऋण लगानीमा १६ प्रतिशतभन्दा बढि ब्याज लिन नपाउने भएपछि त्यस व्यवस्थाको विरोधमा उपत्यकाका सहकारीर्मी उत्रिएका छन् ।

जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष टेकप्रसाद चौलागाईंको संयोजकत्वमा उपत्यका सहकारी संघर्ष समिति गठन भएको छ । व्याजदर निर्धारणको सहकारीको स्वायत्तता र स्वतन्त्रताको हनन् भएको भन्दै समितिका संयोजक चौलागाई लगायतको एक टोलीले राष्ट्रिय सहकारी महासंघलाई एक ज्ञापनपत्र बुझाएको छ ।

समितिले सहकारीमा लगाएको सन्दर्भ ब्याजदरमा असहमति जनाउँदै संघर्षका कार्यक्रम गर्नेदेखि अन्तर्राष्ट्रिय सहकारी महासंघसम्म जाने चेतावनी दिएको छ ।

संघर्ष समितिको माग पुरा नभएको खण्डमा अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा अन्तराष्ट्रिय सहकारी महासंघ (एशिया प्रशान्त क्षेत्र) मा समेत आवश्यक जानकारी तथा समन्वय गर्ने, कार्यान्वयन अवज्ञा गर्ने, कानूनी उपचारमा जाने जनाएको छ ।

समितिले सहकारी महासंघलाई ज्ञापनपत्र बुझाउँदै यस्तो जानकारी गराएको हो । संघर्ष समितिको संयोजक टेक प्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन १६ गते सहकारी विभाग, सन्दर्भ ब्याजदर निर्धारण समितिको निर्णय बमोजिम जारी भएको सन्दर्भ ब्याजदरको सम्बन्धमा हाम्रो गम्भिर असहमति रहेको जानकारी गराउँछौं ।’

नेपालको सहकारी अभियान आजको समयसम्म आईपुग्दा अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा एशिया प्रशान्त क्षेत्रको नेतृत्व तहमा समेत रहिरहेको वर्तमान अवस्थामा सहकारीको चौथो सिद्धान्त स्वायत्तता र स्वतन्त्रताको बर्खिलाप हुनेगरी राज्यद्वारा लगाईएको ब्याजदर संस्थाको कार्यप्रति र कार्यक्रम अनुसार स्वतन्त्रतापूर्वक आन्तरिक स्वनिर्णय गर्ने अधिकारको गम्भिर हनन भएकोले अविलम्ब उक्त निर्णय फिर्ता लिन माग समेत गरिएको छ ।

संघर्ष समितिले तत्काल सन्दर्भ ब्याजदर निर्धारणको निर्णय फिर्ता लिने आवश्यक निर्णय गर्न समेत आग्रह गरेको छ । उक्त विषयमा शीघ्र निर्णयको माग गर्दै र अन्यथा संघर्षका कार्यक्रमको बढाउन आफूहरु बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif