Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

चीनको बेइज्जत गरेकोले राम्रोसँग अनुसन्धान गर्न आग्रह


२०७६ भाद्र १७ गते , मंगलवार प्रकाशित

     काठमाडौं । एटीएम ह्याक गरेर डेड करोड भन्दा बढी रकम बैंकबाट चोरी गर्ने पाँचजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि काठमाण्डौ स्थित  चिनीया राजदूतावासका प्रथम सचिव फिङसा ओलिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेको र चीन देशकै बेइज्जत गर्ने यो गिरोहको राम्रोसँग अनुसन्धान गर्न आग्रह गरेको प्रहरी श्रोतले जनाएको कुरा प्रकाशमा आएको छ । ती कर्मचारी आइतबार ७ बजेतिर प्रहरी परिसरमा पुगेको र प्रमुख उत्तम सुबेदीसँग कुराकानी गर्नुका साथै पक्राउ परेका गिरोहलाई समेत भेटेको बताइएको छ ।

  नेपालप्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ ३५ वर्षका चेन विन विन ३२ वर्षका झु लियाङ आङ ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ। सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन। उनलाई त्यस दिन भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाइएको छ ।             

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif