Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

विश्वास साकोसको दशौं साधारणसभा सम्पन्न


२०७६ भाद्र १७ गते , मंगलवार प्रकाशित

विश्वास बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ६ मा बहाखा बजारमा रहेको उक्त संस्थाको साधारणसभा सोही नगरपालिकाकी उपमेयर अञ्जना देवी मधिकर्मीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष तुलसीभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । 

प्रमुख अतिथि मधिकर्मीले व्यक्ति, समाज र राष्ट्रलाई नै आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन सहकारी अभियानले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै संस्थाले स्थानीय स्तरमा छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गरी सदस्यहरुकै सहभागितामा संकलित पूँजीलाई अधिकतम परिचालन गर्दै रोजगारी श्रृजना र सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा पुर्‍याएको योगदानको प्रशंशा गरिन् । 

संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै संस्था स्थापनाकालदेखि नै सदस्यमुखी भएर सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालन हुँदै आएको बताए । आ.व. २०७५÷७६ को अषाढसम्म संस्थाको शेयरपूँजी १ करोड ७४ लाख ४३ हजार, जगेडा तथा आन्तरिक कोषहरु १ करोड १९ लाख ७८ हजार, बचत संकलन १३ करोड ४५ लाख र ऋण लगानी ११ करोड ७० लाख रहेको छ । संस्थाले ५८ लाख ७५ हजार कर अघिको बचत गरेको छ । 



साधारण सभामा ३ सय भन्दा बढि बालबचतकर्तालाई झोला वितरण, ३ जना ज्येष्ठ नागरिक र एसईईमा उत्कृष्ट अंक ल्याउने ८ जना छात्रछात्रालाई सम्मानका साथै स्थानीय भैला नाच टोली सहित उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श उच्च माविमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, खानेपानी वितरण, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम, ज्येष्ठ नागरिक अवलोकन भ्रमण तथा सहकारी अवलोकन भ्रमण जस्ता गतिविधि गर्दैै आएको छ । चालु आवमा पनि आँखा शिविर, पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर, मुटु रोगसम्बन्धी जानकारीमूलक प्रशिक्षण, सहकारी वक्तृत्वकला लगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ । 

संस्थाले कृषि, शैक्षिक, व्यवसायिक, घरजग्गा, शेयर जमानी, व्यक्तिगत जमानी, छोटो अवधि, हायरपर्चेज र आवधिक तथा मुद्दती ऋण सेवा सदस्यहरुलाई उपलब्ध गराउँदै आएको छ । 

प्रोबेशन ब्राण्डमा सहभागि उक्त संस्थाले सदस्यहरुलाई आइएमई प्रभु, हिमाल र वेष्टर्न युनियनबाट विप्रेषण सेवा दिँदै आएको छ ।

   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif