Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

सकियो नाडा अटो सो, ८१ हजारले अवलोकन गरे


२०७६ भाद्र १६ गते , सोमवार प्रकाशित

अटो मोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित १४ औं नाडा अटो शो सम्पन्न भएको छ । राजधानीमा ६ दिनसम्म चलेको मेला ८१ हजारभन्दा बढीले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए । 

मेलामा विभिन्न गाडी कम्पनी र संघसंस्थाका कम्पनीका १६० वटा स्टल रहेको थिए । मेलामा अवलोकनकर्तामध्येबाट गोलाप्रथामार्फत जीपीएक्स जेन्टलम्यान ब्राण्डको बाइक जितेका छन् । 

मेलामा चार पांग्रे सवारीको उत्कृष्ट स्टलको अवार्ड टायोटाले, २ पांग्रेको हंसराज हुलासचन्द केटीएम बाइकले र सपोर्टिङ स्टलको अवार्ड लक्ष्मी लि आयल टोटलले पायो ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif