Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

युवा बचत तथा ऋण सहकारीको २३ औं स्थापना दिवस


२०७६ भाद्र १६ गते , सोमवार प्रकाशित

युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३ औ स्थापना दिवसको अवसर पारेर २०७५ सालको एसईई परीक्षामा सहभागी भइ उत्तीर्ण भएका बाल बचतकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा रुशिका अवाल, विकेश प्रजापति, तपुश मानन्धर, सरिता लामा, सुवास पन्त गरि ५ जना बाल बचतकर्ता सम्मानित भएका थिए । 

कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष उदयराम कायस्थ, उपाध्यक्ष भिम प्रसाद शर्मा, सचिव सरोज कुमार तिमल्सिना लगायत अन्य समिति उपसमिति पदाधिकारी तथा कर्मचारीको उपस्थिति रहेको थियो । अध्यक्ष कायस्थले एसईई उत्तीर्ण भाइबहिनीहरुको जोश सदैव सकारात्मक कामका लागि मात्र प्रयोग होस् भन्ने कुरामा ध्यान दिन अनुरोध गर्दै सम्मान प्राप्त गर्ने सम्पूर्णको उज्ज्वल भविष्यको कामना गरे । 

स्थापना दिवसकै अवसर आयोजित एक कार्यक्रममा अध्यक्ष कायस्थले शेयर सदस्य, बाल बचतकर्ता, समिति उपसमिति पदाधिकारी तथा कर्मचारी लगायत संस्थाका सुभचिन्तक सम्पूर्णमा धन्यवाद, बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा पनि युवा बचत तथा यसका सदस्यहरुबीचको सहकार्यले निरन्तरता पाउने अपेक्षा  गरे । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif