Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

तीजलाई समाज र जीवनोपयोगी बनाइनु पर्ने कुरामा जोड


२०७६ भाद्र १५ गते , आईतवार प्रकाशित

        अखिल नेपाल महिला यूनियनले हिजो काठमाण्डौमा एक तीज बिशेष कार्यक्रमको आयोजना गरेर तीज पर्बका बारेमा लिनुपर्ने उचित दृष्टिकोण र  यसको प्रस्तुति तडकभडक बिनाको, महिलामा सचेतना, आत्मबिश्वास र उत्साह जगाउने खालको हुनु पर्ने बिषयमा छलफल चलायो  ।  

         तीज पर्बको बारेमा महिला दिदी बहिनीहरुलाई शुभ कामना दिदै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सम्मेलन तयारी समितिका सह–संयोजक लोकनारायण सुबेदीले – हाम्रा धेरै जसो चाड पर्बहरु प्रकृतिपूजक चरण हुँदै देबी, देउराली,  बृक्ष, पशु आदिको पूजा गर्ने र पछि देब देबीलाई देबलोकतिर पठाएर तिनका मूर्ति, मन्दिर स्थापना गरेर तिनकै वरपरी केन्द्रित हुँदै आजको चरणसम्म आइपुगेको स्थिति दर्शाउनु भयो । उहाले हामीले यो बिकास क्रमलाई द्वन्द्वात्मक भौतिकबादी तरीकाले राम्रोसँग बुझेर तिनका राम्रा पक्षलाई ग्रहण गर्ने अन्धबिश्वास, रुढीबाद र अग्राह्य संकुचित कुरालाई हटाउनेतिर जानु पर्दछ । चाडपर्व,उत्सब, मेला, जात्रा आदिलाई बहुसंख्यक जनताको हित गर्ने किसिमले समाज उपयोगी तुल्याउन राज्य, समाज र सम्बद्ध सबैल ध्यान दिनु पर्दछ भन्ने कुरामा जोड दिएका थिए ।


  अखिल नेपाल महिला यूनियनका संयोजक सीता सुबेदीको अध्यक्षतामा सम्पन्न योकार्यक्रममा  बोल्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य त्रय राजेश बान्तबा, रत्नप्रसाद जोशी र कृष्णहरि भट्टले तीज जस्ता पर्बहरुलाई आजको स्थिति सुहाउदो र समाजमा चेतना जगाउने बिकृति र बिसंगति हटाउने किसिमले मनाउनु उचित हुने कुरा औल्याएका थिए । 


  अखिल नेपाल महिला यूनियनका नेतृहरु शशि घिमिरे, शारदा श्रेष्ठ र कार्यक्रमको अध्यक्षको आशनबाट सीता सुबेदीले महिला उत्पीडन, हत्या, हिंसा, शोषण अन्यायका बिरुद्ध महिलाहरुलाई जागरुप, संगठित र संघार्षशील तुल्याउन सकेमा मात्र सामाजिक परिवर्तनमा महिलाहरुले दिएको योगदानलाई सुरक्षिात गर्न र आमूल सामाकि परिवर्तनमा थप योगदान दिन सकिने कुरा दर्शाएका थिए । कार्यक्रममा सीता निरौलाले आफ्नो सुमधुर स्वरमा तीजी गीत  प्रस्तुत गरकी थिइन् भने उपस्थित महिलाहरु सबैले सामुहीक तथा एकल नाच नाचेर तीजी कार्यक्रमलाई थप रमाईलो तुल्याएका थिए ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif