Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बागलुङमा अन्तराष्ट्रिय बेपत्ता दिवस : के भन्छन् पीडित र सरोकारवाला


२०७६ भाद्र १४ गते , शनिवार प्रकाशित

                                                          — सीताराम थापा         

                                                
बागलुङ जिल्लामा १० बर्षको द्वन्द्वमा बेपत्ता भएकाहरुको दिवस मनाई रहंदा अझै आसु र आक्रोसको भाकामा पीडितहरु राज्य र मानबताबादी संस्थासँंग गुनासो पोखिरहदा हल सुनसान बनेको थियो। 

                                                     
अन्तराष्ट्रिय बेपत्ता दिवसका दिन द्वन्द्व रुपान्तरणको क्षेत्रमा काम गर्ने संस्थाहरुको आयोजनामा कार्यक्रम भइरहंदा जिल्लको बिकट भेग सम्मका २३ जना बेपत्ता परिवार जन भेला भएर एक साथ भने, — राज्य प्रत्यक बर्ष पीडितको आसु र पीडा सुनिरहन्छ तर बेपत्ताको लागि काममा उदासिन बनिरहन्छ, यसैले आउदो बर्षमा यस्तो पीडा पोख्न नपरोस । पीडितहरुको भनाई छ– पीडित र सरोकारवाला मिलेर यउटै दृष्टिकोणबाट पीडितलाई न्याय र क्षतिपूर्ति दिन ढिला नहोस् । पीडित जसोधा शर्माले भनिन् — १३ बर्ष सम्म उनी आउछन कि भनी बाटो हेरिरहंदा र राज्यसँग कराउदा थकित बनेको उनले बताईन। जिल्लाको पश्चिम बिकट बोहोरा गाउका खुमलाल शर्माले भने अझै राहत समेत नपाएको गुनासो गरे। अधिकांस बेपत्ता परिवारले आन्तरिम राहातसम्म पाएका छज्। गल्कोटका छम कुमारी बस्नेत आसु बगाउदै गणतन्त्र आएर तीन तहको सरकार बनिसक्दा पनि पीडितलाई उचित सम्बोधन नगरेको बताइन् ।  दक्षिण भेगका बिमल केसिले आयोग समक्ष पीडितको आवाज पुर्याउने पुलको काम फलदायी बनाएर देखाउन आग्रह गरे।                        
आयोजक संस्थाका सरोकारवालाहरु भन्छन - पिडितको लागि निरन्तर १३ बर्ष काम गरियो, सत्य पहिचान गर्न र आन्तरिम राहात दिन सहयोग गरियो तर जुन सरकार आएपनि पीडितमैत्री मापदण्ड अनुसार आयोग बनाई समयमै सम्बोधन गर्न नसकेकोर चुनौती थपिएको सत्कर्म नेपालका अभियान्ता सीताराम थापा र रेडक्रस सोसाईटीको नारायण शर्मा बताए। नागरिक समाजका काजिगाउले श्रेष्ठले राष्ट्रिय अन्तराष्ट्रिय अवस्था अनुकुल सरकारले सम्बोधन गर्न आग्रह गरे।                                                     
आधिकारिक निकायका सरोकारवाला प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले यो जटिल प्रकृया भएकाले आयोग पुनरावलनेकनको कार्य भएको र यस बारे मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा आफुले ध्यानकर्षण गराउने प्रतिबद्वता जाहेर गरे।  जिल्ला समन्वय समितिका राजेन्द्र ढुंगानाले बिगत देखि राज्यको मापदण्ड अनुकुल काम गर्न कुनै कसर बाँकी नराखेको र छुटेकालाई राहात दिलाउन र स्थानीय सरकारबाट समेत सहयोग जुटाउन छलफल चलाउने बताए। यसको लागि सही निकास दिने कानुन बनाउन र उचित सम्बोधन गर्न पीडितहरुले अझै आवाज उठाएमा आफुले साथ दिने प्रतिबद्धता ब्यक्त गरे। नेपाल रेडक्रस सोशाइटीको संयनेजनमा भएको कार्यक्रममा क्रियाशील ईन्सेक, सत्कर्म नेपाल, एम्नेष्टी, वकालत मञ्च लगायत मानब अधिकार संस्थाहरुको पनि सहभागिता थियो।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif