Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

आजको सपना


२०७६ भाद्र १३ गते , शुक्रवार प्रकाशित

 
 ई. सन्तोष पोखरेल


आज मिर्मिरे बिहानीमा
निद्रा नखुल्दै अर्द्ध निद्रामा
गज़बको सपना देखेँ
“थुन्न पाइन्न बरू मार”
भन्दै थियो
एउटा पाको मान्छे |

उसलाई तत्काल गोली हानियो
साइलेन्सर लाएको बन्दूकबाट,
ऊ घोप्टिएर भुइँमा गर्लम्मढल्यो
हेर्नेको नौनारी गल्यो
त्यो मान्छे मारियो र जमीनमा पसारियो|
 
वरिपरी मान्छेहरू थिए
सबै स्तब्ध मान्छेहरू
कोही निशब्द मूर्ति झैं मान्छेहरू
कोहीविक्षिप्तमान्छेहरू,
तर
सबैका सबै अभिशप्त मान्छेहरू
जंगल राजका मान्छेहरू
हाम्रा माझका मान्छेहरू
जंगली युगको आगमनको झल्को दिदै
रौशिएका बनमान्छेहरू |

वातावरण स्थीर थियो
अनि थियो विभत्स चकमन्नता
देखिएनन्त्यहाँ मान्छेका व्यथा
सबै शान्त थिए,सबै क्लान्त थिए
शायदशुरू हुँदै थिए अब मन्चन हुने कथा |

यता म निर्निमेष देखिरहेको थिएँ
ऊ भीडको माथी माथीबाट भीडमा
मान्छेका टाउका छुँदै
यता बाट उता अनि उताबाट यता
फुरुङ फुरुङ नाचिरहेको थियो  
निश्छल हाँसो हाँसिरहेको थियो
त्यो पून्यात्मा, भर्खरै ढलेको मान्छेको आत्मा |

  भदौ१३.२०७६ भक्तपुर                          

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif