Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कमरेड पुष्पलाल र मार्क्सबाद


२०७६ भाद्र १२ गते , विहीवार प्रकाशित

         नेपालमा मार्क्सबादको  गहिरो अध्ययन, चिन्तन र मनन गर्ने र त्यस अनुसार नेपाली समाजको  भावी गन्तब्यको प्रष्ट दिशाबोध गर्ने गराउने काम नेपाली कम्युनिष्ट आन्दोलनका सुत्रधार तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आरम्भ गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभन्दा पहिला नै मार्क्सबादी दर्शन र साहित्यसँग परिचित भएर २००५  सालमै उनले बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरेका थिए । त्यस महत्वपूर्ण र ऐतिहासिक अनुबादमा  नेपाली समाजको जुन बर्गीय बिश्लेषण पुष्पलालले गरेका छन् त्यसले नै प्रष्ट पार्दछ कि कमरेड पुष्पलालमा मार्क्सबादको गहिरो छाप मात्र परेको थिएन मार्क्सबादको चूरो कुरो ‘बर्गीय दृष्टिकोण’ र ‘बर्ग संघर्ष’को गहिरो ज्ञान पनि भइसकेको थियो ।     आज मार्क्स जन्मेको दुइ सय बर्ष पुगेको छ र बिश्वभरी द्विजन्म   शतबार्षिक कार्यक्रमहरु बिभिन्न स्तरमा संसार भरी नै चलिरहेका छन्  । मार्क्सको जन्म ५ मे १८१८ मा भएको थियो देहाबसान ४ मार्च १८८३ मा ।   जर्मनीका अप्रतिम तथा अतुलनीय बिश्व प्रसद्ध दार्श्निक कार्ल मार्क्सको क्रान्तिकारी दर्शनलाई बिश्वमा मार्क्सबाद भनेर चिनिन्छ । यो संसार—‘मानब समाज र प्रकृति’लाई हेर्ने र फेर्ने द्वन्द्वात्मक भौतिकबादी दर्शन हो  । यो दर्शन त्यस अघिका अरु सबै दर्शनहरुभन्दा भिन्न, उन्नत,सुसंगत, बैज्ञानिक र जीवन्त दर्शन हो माक्र्सबाद जुन  आज बिश्वका सबै देशका शोषित पीडित जन समुदाय तथा उत्पीडित राष्ट्रको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । शोषणबिहीन, सुन्दर, सभ्य र सुसँस्कृत  एवं उच्च मानबी समाज निर्माणको प्रतीकको रुपमा यो दर्शन खडा भएको र रहेको छ ।             मार्क्सको लेखन र जीवन यात्रा नै बिश्व कम्युनिष्ट आन्दोलनको लागि मूलभूत बैचारिक आधार हो ।यद्यपि मार्क्स केवल एउटा किताबी दार्श्निक थिएनन् । उनले आफ्नो बिचारलाई स्वयं आफ्नो जीबन ब्यबहारमा उतारेका थिए । आफ्नो समयका मजदुर आन्दोलनहरु र क्रान्तिकारी आन्दोनलहरुसँग उनी  निकटतमरुपमा जोडिएका थिए । हुन पनि शासक बर्गलाई खुल्ला चूनौति दिने उनका बिचारहरु यत्तिका धेरै प्रभाकारी र ‘खतरनाक’ थिए कि माक्र्सलाई कयौ देशका सरकारहरुले ती देशबाट निष्काशन नै गरेका थिए । अनि उनले लेखेका लेखहरु र उनले दिएका बिचारहरुमाथि पनि कडा प्रतिबन्ध लगाइएको थियो ।         


  मार्क्सले अत्यन्तै गरीबीमा आफ्नो जीवन बिताए ।  एक पटक मार्क्सकी आमाले मार्क्सका बारेमा  भनेकी पनि थिइन् —  ‘जुन मानिसले पूँजीका बारेमा यत्तिका धेरै लेख्यो उही पूँजीवाट लाभ उठाउनमा भने सबैभन्दा पछि प¥यो’ । मार्क्स र उनकी धर्मपत्नी जेनीका सातवटा बच्चा जन्मेका थिए । ती मध्ये तीनजना बच्चा मात्र बयस्क उमेरसम्म बाच्न पाए । वास्तवमा अत्यन्तै अभावमा जीवन गुजारा गर्ने मार्क्सलेका कतिपय बालबच्चाहरु सानै उमेरमा उचित औषधोपचारको अभावमा परमधाम भए । यद्यपि उनका अनन्य सहयात्री मित्र कामरेड फेडरिक एंगेल्सले सकेसम्म उनलाई हरेक किसिमले मद्दत गरका थिए । हुन पनि एंगेल्स वास्तवमा मार्क्सको जीवन तथा लेखन दुबैका अभिन्न तथा आजीवन सहयात्री थिए र रहे । मार्क्स र एंगेल्सको मित्रतालाई जसले देखे, सुने, जाने तिनले त्यसप्रति लोभलाग्दो इर्ष्यानै गर्ने गर्दथे ।       आजभन्दा दुइ सय बर्ष पहिला मार्क्सले जे देखेका थिए र लेखेका थिए त्यो आजको २१औ शताब्दीको बिश्व र त्यसको एउटा अंग नेपाली समाजका  लागि कत्तिको सार्थक छ ? यो कुरा हामीले गम्भीर र राम्रोसँग हेर्नु, बुझ्नु र पुनर्पुष्टी गर्न सक्नु र सिक्नु पर्दछ । यद्यपि कतिपय स्वनामधन्य बिद्वानहरु, इतिहासकारहरु र समाजशास्त्रीहरुले आजको २१औं शताब्दीमा माक्र्सवादलाई पुरानो र सन्दर्भहीन भएको र त्यसको आवश्यकता पनि नरहेको सतही र हल्काफुल्का ब्याख्या गर्ने गरेका छन् । मार्क्सबाद पराजित भइसकेको दर्शन  भन्ने गलत टिप्पणी पनि गरेका छन् ।    तर आज हामी सबैले देखिरहेका छौं कि जति जति पूँजीवादी संकट गहिरिदै जान्छ ठूला पूँजीवादी देहरुमा मानिसहरु संघर्षको मैदानमा सडकमा उत्रिन थाल्दछन् र ती माक्र्सले लेखेका कुराहरु जान्न बुझ्न र त्यसको पालना गर्न अझ बढी जिज्ञाषु र उत्सुक देखिन्छन् । सामाजिक क्रान्तिका अतुलनीय द्रष्टा, ब्याख्याता र मार्गदर्शक मार्क्सले समाजको बिकास र प्रगतिका बारेमा के भनेका थिए ती कुराहरुलाई कमरेड पुष्पलाले जस्तै गम्भीरतमरुपमा हेरौ र बुझौं ! अनि आजको बिश्व समाज र यसमा चलिरहेको संघर्षलाई सही किसिमले जान्न बुझ्न मार्क्सबाद कत्तिको सामयिक र सान्दर्भिक छ सही र गम्भीर किसिमले चिन्तन मनन र आत्मसात गरौ ! अजेय मार्क्सबादी दर्शन र मार्क्सप्रति यसरी मात्र शतत सम्मान गरेको ठहरिन्छ । अनि कमरेड पुष्पलालले उचालेको माक्र्सबादी झण्डाको आलोकमा सही किसिमले अगाडि बढ्न र यसको अजेयतालाई आत्मसात गर्दै देश र जनतालई यूगौंदेखिका दुःखकष्टबाट मुक्त गर्न सकिन्छ ।     पुनप्रकाशित  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif