Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

नेपालले चिया बिकास र बिस्तारका लागि चीनलाई गुहार्ने


२०७६ भाद्र १२ गते , विहीवार प्रकाशित

नेपालम गुण स्तरीय चियाका लागि राम्रो हावापानी भएको ठाउ भएर पनि अपेक्षित उत्पादन बृद्धि हुन सकेको छैन । पहाडी क्षेत्रमा अर्थोडक्स चिया र तराईमा सिटीसी चिया नेपालमा उत्पादन हुदै आए पनि चिया बिकास र बिस्तारका ठूलो सम्भावनालाई ब्यबहारिकरुप दिन सकेको छैन । त्यसैले अब नेपालले चीनलाई यस क्षेत्रमा गुहार्ने भएको बुझिएको छ । केही समय पहिला नेपालका चिया ब्यवसायीहरुको एउटा टोली चिया खेतीको अबलोकनकै शिलशिालामा चीन गएको पनि थियो। त्यहाँ उनीहरुले चीनको चिया खेती कति सम्बृद्ध छ र बिभिन्न जातको गुणस्तरीय चिया उत्पादन कसरी भइरहेको छ र बिश्वका आधाभन्दा बढी देशहरुका चिनीया चिया निर्यात भइरहेको बुझेका थिए ।

  यसै परिप्रक्षमा अब नेपाले चियानमा चीनसँग सहयोग लिने र चिनीया प्रबिधि र चिया उत्पादक पनि उतैबाट निम्त्याउने तथा चिया बगाननै चिनलाई दिने तयारी गरिरहेको कृषि तथा पशुपंक्षीी मन्त्री चक्रपाणी खनालले जानकारी दिएका छन् ।  भारत र अन्या तेश्रो मुलुकमा निर्यात हुने गरेको नेपालको चीया खेती बिस्तार, उत्पादन बृद्धि र निर्यात प्रबद्र्धनका लागि चीनसँँग नेपालको माटो र हावापानी समान भएको र राम्रो हुने एकथरीले औंल्याएका छन् र यसका लागि आबश्यक सबै परीक्षण चीनको प्रबिधि र उत्पादकलाई  भित्र्याइन पर्ने औल्याएका छन्  भने हावापानी र माटो पनि चीनसँग नमिल्ने भएकाले चीनसँग यस्तो समझौता गर्नु नहुने बताइरहेका छन् ।



  स्मरण रहोस्, चीनले यतिबेला बिश्वका १२८ वटा देशहरुमा चिनमा उत्पादन भएको उच्च गुणस्तरको चीया निर्यात गर्ने गर्दछ  ती मध्ये  कतिपय देशले हजारौ क्वीण्टल चिनीया चीयाको माग गरिरहेको बताइएको छ । दुइ बर्ष अघि १९१७ को मात्रै चीया उत्पादन हेर्ने हो भने चीनले ३ लाख ५५ हजार मेट्रिक टन चीया त निर्यात मात्रै गरेको थियो । चीन स्वयंले पनि लाखौ टन चीया बर्षेनी खपत गर्ने गरेको छ । यहाँ स्मरणीय के पनि छ भने चीनमा उत्पादन हुने एकथरी उच्च गुणस्तरको चीयाँ अमेरिका बजारमा प्रतिकिलो १२ लाख अमेरिकी डलरसम्ममा बिक्री हुने गरेको बताइन्छ । यता नेपालबाट भने उच्च गुणस्तरको चीया २० हजार रुपैया प्रतिकिलोसम्ममा निर्यात हुने गरेको थाहा भएको छ । 

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif