कपिलबस्तु ।सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा आज लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगरबाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोकबाट भारत बाट अबैधरुपमा भन्सार छली ल्याउदै गर्दा विशेष सुराकीको अधारमा मोटर पार्ट्स बरामद गरेको हो ।

बरामद सामाग्रीहरुमा ब्रेक वायर १० पिस, सकर सिल ५२ पिस, सकर १० पिस, बुस २३ पिस, चेन २ पिस, फिल्टर ६ वटा, आयल सिल ७ वटा, बेरिंग ४० वटा, म्यागनेट गेयर २ वटा, पल्क ५ पोका, क्लज प्लेट १ वटा, कटआउट ११ वटा, पट्टी १ के.जी., रड २ वटा र रिक्सा ब्लक ४ वटा रहेको र त्यस्को कूल मुल्य रु १,०८,७०२(र एक लाख आठ हजार सात सय दुई रूपया रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं ३९ कृष्णनगर का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले जानकारी दिए ।