Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

नयाँपाटी साकोसको आयोजनामा निःशुल्क स्वास्थ्यशिविर हुने


२०७६ भाद्र ११ गते , बुधवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्यशिविर हुने भएको छ । आगामी भाद्र १४ गते संस्थाको प्राङ्गणमा शिविर सञ्चालन हुने संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिए । सहयोगी महिला जागरण मञ्च र संस्थाको संयुक्त आयोजना तथा नेपाल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको हो ।

बरिष्ठ विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिने हुँदा सदस्यहरुलाई शिविरबाट स्वास्थ्य परिक्षण गर्न एवं परामर्श लिन संस्थाले आह्वान गरेको छ । संस्थाले समुदाय र सदस्यलाई हित हुने विभिन्न प्रकारका कार्यक्रमहरु समयसमयमा गर्दै आएको छ ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif