Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

शुरु भयो नाडा अटो शो, ऋण दिन बैंकहरुको प्रतिस्पर्धा


२०७६ भाद्र १० गते , मंगलवार प्रकाशित

राजधानीको भृकुटीमण्डपमा सवारीसाधन विक्री तथा प्रवर्द्धनको वृहत्त प्रदर्शनी ‘नाडा अटो शो १०१९’ शुरु भएको छ । अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय सवारीसाधन एसेम्बलिङ गर्ने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताए । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रवद्र्धन गर्ने उनले जनाए । ९० प्रतिशत डिजल र पेट्रोलबाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए । ब्याट्रीबाट मात्रै स्टार्ट हुने सवारीलाई समेत अटो क्षेत्रले हाइब्रिड भनिरहेको बताए ।

अटो शोमा विभिन्न बैंकहरुले स्टल नै राखेर सवारी साधन किन्नका लागि सस्तो व्याजदरमा ऋण दिने अफर ल्याएका छन् ।

बैंकहरुले नाडा अटो शोको अवधिमा गाडी खरिद गर्नेलाई लक्षित गरी अन्य समयमा भन्दा सस्तो ब्याजदरमा लोन उपलब्ध गराउने बताएका छन् । बैंकहरुले विद्ध्युतीय गाडीमा भने अझ सस्तो  ब्याजदरमा ऋण दिने स्किम ल्याएका छन्।

अटो शोमा विभिन्न कम्पनीका लेटेस्ट मोडेलका गाडी उपलब्ध हुनुका साथै ग्राहकलाई बैंकहरुले सस्तो दरको ऋण उपलब्ध गराएकाले बढीभन्दा बढी ग्राहक लाभान्वित हुने अपेक्षा आयोजकको छ ।

राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने जनाएका छन्।

सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ । त्यसैगरी माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशत,  स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.३९ प्रतिशत, सानिमा बैंकले १०.४९ प्रतिशत, ५० सांग्रिला विकास बैंकले ११.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछन् ।

त्यसैगरी लक्ष्मी बैंकले १०.५० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । जसका लागि ०.५ प्रतिशत प्रोसेसिङ चार्ज लिनेछ । बैंकका अनुसार यो ब्याजदर ३ वर्षका लागि हुनेछ । त्यसपछि  बेस रेटमा २ प्रतिशत ब्याजदर थप हुनेछ । बैंकले पेट्रोल कारका लागि ११.५० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।

नविल बैंकले इलेक्ट्रिक सवारीका लागि ९.५९ पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

एनआईसी एसिया बैंकले १५ वर्षका लागि सवारी कर्जा लिँदा इलेक्ट्रिक सवारीका लागि ९.५९ प्रतिशत ब्याजदर र पेट्रोल सवारीका लागि १०.५९ प्रतिशत ब्याज लिनेछ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif