Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

किसानले ५ बर्षमा पनि पाएनन् उखुको २ करोड ४८ लाख


२०७६ भाद्र ९ गते , सोमवार प्रकाशित

शहबाज खान

 कपिलवस्तुर /५ बर्ष बितिसक्यो तर कपिलवस्तुका किसानले २ करोड ४८ लाख २३हजार रुपैया कहिले उखुको भुक्तानी पाउने हो निश्चित छैन । आर्थिक बर्ष २०७१÷७२ मा देशैभरी नै चिनी मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत दिने रकम भुक्तानी गरिसकेको छ । तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । 

शुरुमा मीलले विवरण पठाएन पछि अर्थिक मन्त्रालयले मागेको सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको र कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन बितिसक्दा समेत अर्थ मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोले बाध्य भएर नै पटकपटक आन्दोलन गर्नु परिरहेको संघका अध्यक्ष चौधरी बताए ।
   

आइतबार पुनः ईलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । यदि १३ गतेसम्ममा पनि  सुनुवाइ भएन भने पुनः १८ गतेदेखि अनशनमा बस्ने उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif