Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बिरोध प्रदर्शनका बीच रवि लामिछाने समेतको चितवन अदालतमा बयान शुरु


२०७६ भाद्र ८ गते , आईतवार प्रकाशित

  अनुसन्धानरत नेपाल प्रहरीले आफ्नो टिभी पत्रकार रबि लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि आज मुद्दा दर्ता भएको हो।
    जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको बताइएकोछ ।

  चितवनमा आयोजित एक पत्रकार सम्मेलनमा सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी  दिएका थिए।  लामिछाने बिरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै गर्दा  उनका हजारौँ समर्थकले प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा नाराबाजी गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य रहेको देखिएको छ । रबि लाने सहीत तीन जनलाई बिहान १० बजे ने अदालतमा उपस्थित गराइए पनि बयान भने दिउसो २ बजे पछि मात्र शरु गरिएकोले आज अस्मिता थापाको मात्र बयान सकिएको र लामिछाने र कडेलसँगको बयान नभएकोले आज उनीहरु हिरासतमै रहेका छन् । भोली १० बजेदेखि पुनः बयान शुरु हने जिल्ला अदालत चित्तवनले जनाएको छ ।       चितवनमा आज लामिछानेको समर्थनमा प्रदर्शन गर्नेहरूमा कलाकार र पत्रकारहरू समेत सहभागी भएको समाचार छ । यस्तो प्रदर्शन आज चित्तवन बाहेक अन्य जिल्लामा पनि भइरहेको बताइएको छ ।

गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनी रहस्यमय मिसिमले झुन्डिएको अवस्थामा भेटिएको र त्यसभन्दा अघि मृतक पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ पनि रहस्यमय किसिमले नै सार्वजनिक भएको थियो ।

    तत्पश्चात  तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो र उनीहरुलाई दोश्रो पटक पाँच दिने म्याद थपिए पछि अनुसन्धान सकिएको भनेर प्रहरीले जिल्ला अदालत चित्तवनमा प्रस्तुत गरेको थियो । यो रहस्यम हत्या प्रकरणमा उनीहरुले दिएको बयानका आधारमा उनीहरु धरौटी या साधारण तारिखकमा छुट्ने या थुनामा राख्ने कुनै एक फैसला हुने अनुमान गरिएको ।  उनीरुमाथि आत्महत्या दुरुत्साहन भन्ने यो बिचित्रको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था कानुनबिदहरु बताउँदछन् ।

    यसै  वर्षको भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो । यो नयाँ किसिमको मुद्दाको ब्याख्या ठिक किसिमले नहुने हो भने त्यस कानुको दुरुपयोग हुन सक्ने चिन्ता पनि कानुन ब्यबसायीहरु गरिरहेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif