Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

डेंगुको सक्रमण भएका एक वृद्धको मृत्यु


२०७६ भाद्र ८ गते , आईतवार प्रकाशित

चितवन, डेंगुको संक्रमण भएका एक जनाको मृत्यु भएको छ । भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुषको सो रोगका कारणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतकको नाम गोप्य राखिएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जानकारी ६ भदौमा कार्यालयलाई दिइएको हो । वृद्धको ३१ साउनमा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । 

सामान्य ज्वरो आएर २९ साउनमा भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ । उनका अनुसार साउनयता ६ भदौमा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले बताए ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif