Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

कृष्ण प्यारा


२०७६ भाद्र ६ गते , शुक्रवार प्रकाशित

 


भावना शर्मा




भन्छन एक्लो जीवन यो कट्दैन रे बिन् सहारा
सुनाउँछ समाज सधैं गर्छेयौ कसोरी गुजारा

जन्मनु र मर्नु एक्लै, जो भेटिन्छन यात्री केवल
म भन्दछु एक्लै पनि चम्केकै छ धुर्व तारा

जिन्दगीका हरेक मोडमा भेटिने त छुटेकै छन्
हर मोडमा बद्लेकै छ नाट्यमंच को त्यो नजारा

सुख-दु:ख जे जे मिल्छ भोग्नैपर्छ छेकिन्न त्यो
आखिर यै न हो जीवन कट्छ यसै जीवन सारा

तनको एक्लो भए के भो? मनको एक्लो भए एक्लो
मन-मन्दिरमा बसेकै छन् उनै मेरा कृष्ण प्यारा
               

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif