Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कृष्णको युद्धको यथार्थ के ?


२०७६ भाद्र ६ गते , शुक्रवार प्रकाशित

योगेश्वर कृष्णको मत युद्ध गर्ने छ । यसबाट के लाग्दछ भने यो उपदेश युद्ध गर्नेहरुका लागि हो । अर्जुनका समक्षमा सौभाग्यले बिश्वयुद्धको संरचना थियो । तर तिम्रो हाम्रो सामुमा त कुनै युद्ध छैन । कोही पनि गीताको पछाडि किन दौडिन्छ ? के कर्मबाट मुक्तिको उपाय  युद्ध नै हो त ? होइन, यस्तो केही होइन । बस्तुतः यो अन्तरदेशको लडाई हो – बिद्या र अबिद्या बीचको, धर्मक्षेत्र र कुरुक्षेत्र बीचको संघर्ष हो । कसैले पनि जब जब ध्यानमा चित्त निरोध गर्दछ बिजातीय प्रबृत्तिहरु बाधाकारुपमा प्रकट हुन्छन्, भयंकर आक्रमण गर्दछन् । तिनलाई समन गर्नका लागि चित्तलाई निरोध गर्ने कुरा नै युद्ध हो । जुन दृिष्टदोषबाट मुक्त भएर श्रद्धाकासाथ यस युद्धमा लाग्दछ त्यो कर्मको बन्धनबाट, आवागमनबाट राम्रोसँग छुटन् या छुटकारा पाउन सक्तछ । सबै प्राणी आफ्नै प्रकृतिमा बिलिन हुन पुग्दछ । आफ्नो स्वाभावले परवश भएर कर्ममा सहभागी हुन्छन् ।

प्रत्यक्षदर्शी ज्ञानीले पनि आफ्नो प्रकृति अनुसारको प्रयत्न गर्दछन् । प्राणीले आफ्ना कर्ममा र ज्ञानी आफ्नो स्वरुपमा प्रस्तुत हुन्छन् । जस्तो जसको प्रकृतिको दबाव हुन्छ त्यस्तै कर्म गर्ने गर्दछन् । यो स्वयम सिद्ध कुरा हो । यसमा कसैले के निराकरण गर्छ र ? त्यसैकारणले सबै मानिस कर्ममा प्रबृत्त हुन पाउँदैनन् । तिनीहरु आशा, मया ममता, सन्ताप अर्को शब्दमा राग–द्वेष आदि त्याग गर्न सक्तैनन् । त्यसबाट कर्मको सम्यक आचरण हुन पाउँदैन । इन्द्रिय र इन्द्रियहरुको भोगमा राग र द्वेष रहेको हुन्छ । यी दुबैको बशमा पर्नु हुँदैन । किनकि यस कल्याण मार्गमा कर्मबाट छुट्ने प्रणालीमा राग र द्वेश शत्रु हुन्, तिनले आराधनाको अपहरण गरिदिन्छन् । जब शत्रु भित्रै छ भने बाहिर कोही कसैसँग किन लड्छ र ? शत्रु त इन्द्रिय तथा भोगको संसर्गमा हुन्छ, अन्तष्करणमा हुन्छ ।    अतः यो युद्ध पनि अन्तष्करणको युद्ध हो किनभने शरीर नै त्यो क्षेत्र हो जसमा सजातीय र बिजातीय दुबै प्रबृत्रिहरु, बिद्या र अबिद्या रहन्छन्, जुन मायाका दुइटा अंग हुन् । तिनै प्रबृत्तिहरुबाट पार पाउन, सजातीय प्रबृत्तिको साधना गरेर, अभ्यास गरेर बिजातीय प्रबृत्तिलाई अन्त्य गर्नु नै युद्ध हो । बिजातीय तत्व समाप्त हुने बित्तिकै सजातीयको उपयोग पनि समाप्त हुन्छ ।  स्वरुपको स्पर्श गरेर सजातीयको पनि त्यसको अन्तरालमा बिलय हुनु यस प्रकार प्रकृतिबाट पार पाउनु युद्ध हो, जुन युद्ध अज्ञान र युद्धजन्य स्थितिको अन्त्यमानै सम्भव छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif