Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कलहको बिऊ छर्ने सबैसँग साबधान !


२०७६ भाद्र ६ गते , शुक्रवार प्रकाशित

  ·            भारतमा ८५ करोडभन्दा बढी हिन्दू छन् । त्यो देश धर्म निरपेक्ष छ । त्यहाँ सबैभन्दा बढी मठ मन्दिर छन् । हिन्दू धर्म सम्वन्धि अनेक कार्यक्रम बिद्यूतीय माध्यम र छापा माध्यमहरुमा आइरहन्छन् । त्यहाँ अनेक हिन्दू पीठाधीश शंकराचार्यहरु छन् । तिुरपति बालाजी, बिश्वनाथ, बद्री केदार आदि अनेक हिन्दू तीर्थस्थलहरु छन् । त्यहाँ मुसलमानको संख्या पनि ठूलै छ । मस्जिदहरु पनि धेरै छन् । बुद्धमार्गीहरुको पनि त्यहाँ ठूलै संख्या छ । बुद्धका अनेक मन्दिरहरु बोध गया, सारनाथ लगायतका स्थानहरुमा रहेका छन् । इसाइ धर्माबलम्बीहरुको संख्या पनि त्यहाँ कम छैन । सबै अटाएका छन् । आ-आफ्ना पद्धति अनुसार सबै काम गर्दछन् । त्यसैले त्यहाँ 'हिन्दू मुस्लिम, बौद्ध, इसाइ, सब हौ हामी भाइ भाइ' भन्ने नारा लाग्छ ।

अनेक कारणले यदाकदा धर्मका नाममा दंगाहरु भड्किने गरेको भए पनि त्यहाँ सर्ब धर्म समभाव रहेको छ । तर एकथरी भारतीय, अमेरिकी र यूरोपेलीहरु भने नेपालमा धार्मिक द्वन्द्व भड्काउन जोडतोडले लागेका छन् । उनीहरुलाई धर्मभीरु हुन अभ्यस्त पारिएका नेपाली जनतालाई भड्काउन र उक्साउन पनि सजिलो छ । जनतामा देश धर्मनिरपेक्ष हुँदा धर्म मासिने भनेर डर, त्रास, लोभ, प्रलोभन अनेक माध्यमले उनीहरुले नेपाललाई अस्थिर र समस्याग्रस्त राखेर नेपालमा अझ बढी घुसपेठ गर्ने बाटो बनाइरहेका छन् । त्यसमा यहाँका सत्ताधारी र ठूला साना प्रतिपक्षीहरु पनि मज्जाले लागेका छन् ।यस्ता अबाञ्छित कुराबाट नेपाली जनता सबै सावधान हुनु अत्यावश्यक छ । राज्य धर्म निरपेक्ष हुँदा जनता अधार्मिक या परधार्मिक हुने कुरा होइन । कलहको बिऊ छर्ने सबैसँग साबधान 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif