Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

सनराइज बैंकको १०.२५ % डिबेञ्चरको वितरण प्रबन्धक सिद्धार्थ क्यापिटल


२०७६ भाद्र ५ गते , विहीवार प्रकाशित

सनराइज बैंक र सिद्धार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासन सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको रु. ३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि सात वर्षको रहनेछ ।

उक्त सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif