Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बीर भगवती बचत तथा ऋण सहकारीको आयोजनामा भयो रक्तदान


२०७६ भाद्र ५ गते , विहीवार प्रकाशित

बीर भगवती बचत तथा ऋण सहकारी संस्थाले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नागार्जुन नगरपालिका, वडा नं ३ इचंगुनारायणमा रहेको संस्थाको आयोजना र ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) र काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)को संयोजनमा वृहत् रक्तदान गरिएको हो ।

संस्थाका अध्यक्ष शिव बहादुर तामाङको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जनाले जनाले रक्तदान गरेका थिए । रक्तदानमा कास्कुन का अध्यक्ष दिपक पनेरु, ब्लोदान नेपालका केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति र सोही वडाका अध्यक्ष प्रेमलाल श्रेष्ठको आतिथ्यता रहेको थियो । 

५२ हप्ते बुधबारे रक्तदान कार्यक्रम अन्तर्गत यो २१औं हप्ताको कार्यक्रम हो । रक्तदातालाई अतिथिहरुले  सम्मान पत्र प्रदान गरेका थिए ।

हाल संस्थामा ७ सयका हाराहारी
मा शेयर सदस्य र ६ करोडको हाराहारीमा कारोबार रहेको संस्थाका व्यवस्थापक नवीन कुमार लामाले जानकारी दिए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif