Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

ट्राफिक चेक जाँच र निगरानी बढाए पछि स्थितिमा सुधार


२०७६ भाद्र ४ गते , बुधवार प्रकाशित

 शहबाज खान   कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना न्यूनिकरण गर्न र अवैध गाड़ीहरुको रोकथाम गर्न निगरानी बढाउन शुरु गरेको छ ।   ठांउ ठांउमा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न तिरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा नगरेका नेपाली नंबर प्लेटका गाडीहरुलाई कार्वाही गर्ने कार्य तीब्र पारिएको कृष्णनगर ट्राफिक प्रहरी सहायक निरीक्षक निरज गौतमले जानकारी दिएका छन् ।   उक्त निगरानी बढाउदा चालकहरुले हेलमेट प्रयोग गने , गाड़ी को ब्लुबुक राख्ने, भारतीय गाड़ीहरुको भन्सार र सुबिधा नियमित  गराउने र सवारी चालक अनुमति पत्र साथमा राखेर गाड़ी चलाउने व्यक्तिको संख्यामा उल्लेखनीय बृद्धि भएको  स्थानीयको बुझाइ छ।   साथै कृष्णनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्य ले केही समय अगाडि ईलाका प्रहरी कार्यालय र कृष्णनगर नगरपालिकाको सहयोगमा वजार व्यवस्थापनमा समेत ट्राफिक कार्यालय कृष्णनगरले कार्य गर्दै आएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif