Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

गर्भबती महिलाको दुःखद निधन


२०७६ भाद्र ४ गते , बुधवार प्रकाशित

  —सीताराम थापा 

  बागलुङको बुर्तिवाङ स्वास्थ्य चौकीमा  उपचार हुन नसकेपछि  थप उपचारार्थ हेलिकप्टरबाट हिजो पोखरा पुराईएकी गर्भवती महिलाको दुखद निधन भएको छ ।                                                          
अचेत अवस्थामा रहेकी १९ वर्षिया गर्भवती ईश्वरी बुढाको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछी उनलाई  चिकित्सले रिफर  गरी पोखरा स्थित गण्डकी अस्पतालको आईसियु कक्षमा भर्ना गरी उपचार भैरहेको थियो ।


  बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका वडा नं – ६ छालहाल्ना पुरानोगाउँकी १९ बर्षिया गर्भवती ईश्वरी बुढा  बाटामै बेहोस भै खतरापूर्ण अवस्था रहेको थियो। खतरापूर्ण स्थितिका बाबजुत बुर्तिवाङ स्वास्थ्य केन्द्रको आग्रहमा गण्डकी प्रदेशको सामाजिक विकाश मन्त्रालयको  विशेष सहयोगमा निस्शुल्क हेलिकप्टरको व्यवस्था भएपछि निज गर्भवती महिलालाई तत्कालै पोखरा लगिएको थियो ।                                       

तर खाईसियूमा उपचाररत रहदारहँदै उनको मृत्यू भयको अस्पतालले  जानकारी दिएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif