Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

क्यान्सर पीडित अप्सरा लाई आम्बारी माविद्धारा सहयोग


२०७६ भाद्र ४ गते , बुधवार प्रकाशित

  अमृत भट्टराई । बिहादी,पर्वत । पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा रहेको आम्बारी माविले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकी जेठी छोरी अप्सरा नेपालीको आन्द्रामा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्टबाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भइरहेको छ ।  उनलाई उपचारको क्रममा आर्थिक समस्या परेको हुनाले उनको घर परिवारले आर्थिक सहयोगको लागि अपिल गरेकोले     पर्वत विहादीका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका छन् ।

गएको सोमबार सहयोग उठाउने क्रममा बिहादी गाउँपालिका वडा नम्बर २ मा रहेको आम्बारी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले खाजा खानको लागि लिएको पैसा र शिक्षकशिक्षिकाले मिलेर अप्सरा बचाउ अभियान लाई  संयुक्तरूपमा संकलन गरेको रकम  विद्यालयका प्राध्यापक गणेश शर्माले  रू. छ हजार असी( ६०८०) रुपैया सहयोग पत्रकार अमृत भट्टराईलाई  हस्तान्तरण  गरेका छन्  ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif