Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

अबैध सामान सशस्त्र प्रहरीद्वारा बारमद


२०७६ भाद्र २ गते , सोमवार प्रकाशित

 शहबाज खान   कपिलवस्तु जिल्ला कोसशस्त्र प्रहरी बल ३९ नं. गुल्म कृष्नानगरबाट खटिएको टोलीले ५,९७,८२० (रु. पाच लाख सत्तानबे हजार आठ सय बिस ) बराबर अबैध  गाडी र समान बरामद गरी  भन्सार चलान गरेको छ। नयाँ गुल्मपती आएदेखि नै सीमा नाकामा निगरानी बढाइएको छ।    कृष्णनगर सशस्त्र गुल्मबाट खटिएको मोबाइल डियूटी  टोलीले आज करिब दिनको १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर र कृष्णनगर नगरपालिका वडा नं २ ब्यारिएर चेकपोस्ट भन्ने स्थानमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार लगायत कपडा र किरानाका समान समेत गरी रु. ५,९७,८२० रकम बराबर को समान भन्सार चलान गरेको कुरा सशस्त्र प्रहरी बल कृष्णनगरका  गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिएका छन्।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif