Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

नेपालमा पाँच प्रतिशत खेतमा अझै रोपाई भएको छैन


२०७६ भाद्र २ गते , सोमवार प्रकाशित

  काठमाण्डौ ।  नेपालमा धान रोपाईं गर्ने मूख्य समय असार र साउन महिना हो । यद्यपि  साउन महिना समेत सकिएर भदौ लागिसक्दा पनि अझै सबै खेतमा रोपाईं हुन नसकोको कृषि तथा पशु पञ्छी मन्त्रालयले जनाएको छ ।    मन्त्रालयको बाली बिकास तथा कृषि जैबिक बिबिधता संरक्षण केन्द्रका अनुसार अहिले देश भरीमा ९४.४३ प्रतिश खेतमा मात्र धान रोपाई सकिएकोछ । अझै झण्डै ५ प्रतिशत धान बाँझै छ । कतिपय खेतमा पानीको अभावमा सुख्खैमा किसानले धान लगाएका समाचारहरु आरु पनि आइरहेका छन् ।       यो गत वर्ष भन्दा झण्डै १ प्रतिशत कम हो । गत आर्थिक वर्षमा ९५.३९ प्रतिशत क्षेत्रमा रोपाईं भएको थियो ।   तर यो वर्ष भने सबैभन्दा कम धान खेती हुने कर्णाली प्रदेशमा भने सबै खेतमा रोपाईं भएको बताइएो छ  । प्रदेश १ मा ९३.४९ प्रतिशत, प्रदेश २ मा ९३.३१, प्रदेश ३ मा ९६.९५ प्रतिशत तथा गण्डकी प्रदेशका ८८.९२ प्रतिशत रोपाईं भएको सो केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै प्रदेश ५ मा ९४.३९ प्रतिशत र सुदूरपश्चिममा ९६.१६ प्रतिशत रोपाई‌ं भएको केन्द्रले उल्लेख गरेको छ ।   देशको भौगोलिक अवस्था अनुसार उच्च पहाडमा रोपाई दर अघिल्लो वर्ष भन्दा यो बर्ष बढेको छ । यो भेगमा गत वर्ष ९६.४४ प्रतिशत रोपाई भएको थियो । तर यस वर्ष ९७.९३ प्रतिशत रोपाई सकिएको जनाइएकोछ  । तर यता मध्य  पहाडमा गत वर्ष भन्दा ३ प्रतिशतले धान रोपाईं घटेको जनाइएको छ । गत वर्ष ९४.१६ प्रतिशत रोपाईं भएको मध्य पहाडमा यस वर्ष यो अवधिमा ९१.९५ प्रतिशत मात्रै रोपाईं भएको छ । तराईमा यस वर्ष गत वर्षकै हाराहारीमा रोपाईं भएको केन्द्रको तथ्यांक छ । गत वर्ष ९५.३९ प्रतिशत रोपाई भएको तराईमा यस वर्ष ९५.१३ प्रतिशत रोपाईं सकिएको उल्लेख छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif