Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

एनआईसी एशियाको मुनाफा ३ अर्ब ५ करोड


२०७६ भाद्र १ गते , आईतवार प्रकाशित

एनआईसी एशिया बैंकले गत आवमा ३ अर्ब ५ करोड खुद नाफा आर्जन गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ को अपरिष्किृत वित्तीय विवरण जारी गर्दै बैंकले चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड, खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको जनाएको हो । 

वार्षिक विन्दुगत आधारमा कुल मुनाफामा १३९ प्रतिशत अर्थात् रु. २ अर्ब ६६ करोडले वृद्धि गरी रु. ४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो ।

बैंकले रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पु¥याउन सफल भएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif