Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

स्वतन्त्रताको अर्थ र स्वतन्त्र भारत पछिको स्वतन्त्रता


२०७६ श्रावण ३० गते , विहीवार प्रकाशित

  कुनै पनि देशको स्वतन्त्रताको अर्थ हो – त्यो देशका मानिसहरुको स्वतन्त्रता । यस दृष्टिले हेर्दा सतहीरुपमा सम्पन्न देखिए पनि स्वतन्त्र भारत आज गरीब मानिसहरुको सम्पन्न देश भएको देखिन्छ । स्वतन्त्रताले साम्राज्यबादी अग्रेजहरुलाई भगाएर भारतका संसाधनहरुमाथि भारतका मानिसहरुको हक कायम गरेको मानिएको थियो ।  तर के देखिदै आएको छ भने आज पनि ती संसाधनहरुमाथि केही मुठ्ठीभर मानिसकै अधिकार छ । आज पनि भारतीयहरुका बीच घोर आर्थिक असमानता छ र त्यो बढ्दो छ । भारतका बहुसंख्यक मानिसहरु नाजुक र दयनीय अबस्थामा जीवन गुजारा रहिरहेका छन् ।

  हुन त भारतले यो स्वतन्त्रता एउटा लामो र कठिन स्वतन्त्रता आन्दोलन पछि हासिल गरेको हो । अनि त्यो स्वतन्त्रता आन्दोलन आफैमा एउटा बलिदानको गाथा नै थियो र हो । जसमा सबै भारतीयहरु आ—आफ्नो जाति, धर्म, क्षेत्र सँस्ृकति आदि पहिचानको कुराभन्दा माथि उठेर साम्राज्यबादी शासनका बिरुद्ध खडा भएका थिए । त्यतिबेला भारतीयहरुमा एउटा स्वभाविक सपना थियो कि स्वतन्त्रता प्राप्ति पछि भारतीयहरुको आफ्नै राज हुनेछ, उनीहरुले आफ्नो सरकार चुन्ने छन् जुन सरकारले अशिक्षा, असुरक्षा र गए गुज्रेको अबस्थाबाट छुटकारा दिलाउने छ अनि सबै भारतीयले सम्मानपूर्वक र सार्थक किसिमले देशको नब निर्माण गर्न पाउने छन् । मानिसहरुको निम्ति स्वतन्त्राको अर्थ थियो – सबै बराबर हुन्छन्, न कोही शासन गर्ने हुनेछन् न कुनै दास हुने छन्, न कुनै श्रेष्ठ न कुनै अश्रेष्ठ । हुन पनि मानिसहरुको यो सपना केवल राजनीतिक उच निचसँगको कुरामा मात्रै सम्बन्धित थिएन । यी कुराका अतिरिक्त मानिसहरुले आर्थिक तथा सामाजिक समानता पनि चाहन्थे । स्वतन्त्रतापछि मानिसहरुका यिनै सपना र अभिलाषाहरु पूरा गर्नका लागि भारतको संविधानले एउटा जग पनि बसाल्न खोजेको देखिन्छ । जसले सबैलाई समान मत दिने अधिकार दियो । 

  आज भारतले स्वतन्त्रता दिवस मनाइरहँदा जब भारतमा चारैतिर देशभक्तिको हावा चलिरहेको जस्तो देखिन्छ, यस्तो स्थितिमा आम सर्बसाधारणका लागि यो स्वतन्त्रताले के अर्थ राख्दछ यस बारे बस्तुगत, तार्किक र बैज्ञानिक बिचार बिमर्श गर्ने मानिसहरुलाई राष्ट्र बिरोधी भन्न पनि बेर छैन भारतमा र यस प्रश्नबाट शायदै कोही अछुतो रहँदो पनि होला !

  कुनै पनि देश मानिसहरु मिलेर बनेको हुन्छ र देशको स्वतन्त्रताको अर्थ हुन्छ तिनै मनिसहरुको स्वतन्त्रता । आज हेर्दा स्वतन्त्र भारत गरीब मानिसरुले सम्पन्न देश देखिन्छ ।

   स्वतन्त्रताको आन्दोलनले साम्राज्यबादी अग्रेजलाई धपाएर भारतका संसाधनहरुमाथि भारतीय जनताको हक कायम त ग¥यो । तर आज के प्रष्ट देखिन्छ भने आज पनि ती संसाधानहरुमाथि भारतका केही मुठ्ठीभर मानिसहरुले मात्रै अधिकार जमाएका छन् । आज पनि भारतीय आम जन समुदायहरुमा घोर आर्थिक बिषमताहरु छन् र ती बढ्दै नै गएका छन् । भातरका अधिकांश जनता नाजुक र दयनीय स्थितिबाट गुज्रिरहेका छन् । ठीक यतिबेला भारतका १ प्रतिशत अति सम्पन्न मानिसहरुसँग भारतको कूल राष्ट्रिय सम्पत्तिको ५८.४ प्रतिशत हिस्सा छ भने बाकी देशका ७० प्रतिशत मानिसहरुसँग कूल राष्ट्रिय सम्पत्तिको केवल ७ प्रतिशत हिस्सा मात्र रहेको छ । यद्यपि यो बिषय सजिलैसँग बुझ्न कठिन छ । स्वतन्त्रताको संघर्ष त समानताको निमित्त लडिएको थियो । तर आज भारतमा सम्पन्न थोरै मानिसहरु अझ सम्पन्नतम् हुँदै गएका छन् भने बिपन्न गरीब मानिसहरु अझ गहिरो गरीबीको खाडलमा खस्तै गइरहेका छन् ।

    यस असमान स्थितिमा भारतका महान शहीद भगत सिंहका यी शब्दहरुको सम्झना हुन्छ । जुन शब्दहरु उनले क्रान्तिकारी कार्यक्रमको मस्यौदामा लेखेका थिए — भारत सरकारको प्रमुख लर्ड इरबिङ्गका ठाउमा यदि कोही पुरुषोत्तमदास ठाकुरदास हुन्छन् भने जनतालाई यसबाट के फरक पर्छ र ? एक जना किसानलाई  यदि लर्ड इरबिङ्गको ठाउमा सर तेजबहादुर सप्रु आउछन् भने यसबाट के फरक पर्दछ र’!    आम जन समुदायका लागि स्वतन्त्रताको अर्थ यो हो कि उसले आफ्नो बिचार बिना रोकटोक  निर्बाध अभिब्यक्त गर्न सकोस् । आफ्नो इच्छा अनुसार आफ्ना खाना चुन्न सकोस्, आफुलाई मन लागेको चलचित्र हेर्न सकोस् अनि आफ्नो पहिरन स्वयं छान्न सकोस् । यी सबै अधिकारहरु स्वतन्त्रता प्राप्ति पछिको संविधानमा त उल्लेख छन् पनि । बर्तमानमा यी सबै अधिकारहरु खोसिदै गएका छन् । बिभिन्न किसिमले आम जन साधारणका अधिकार खोसिने क्रम जारी रहेको छ । तिनमाथि एक वा अर्को किसिमल प्रतिबन्ध लगाइने गरेको छ । मानिसको इच्छा र आकांक्षा बिपरीत उनीहरुले काम गर्नु परिरहेको छ । अर्थात् आम जनताले आफुमाथि थोपरिएको काम गर्न बिवश हुनु परिरहेको स्थिति बिद्यमान छ ।   कसैले पनि तिनको कुरा मान्नै पर्दछ नभए स्थिति खराब हुन जाने छ । सत्तामा रहेका दलहरुको संरक्षणमा पन्पेको हुलदंगाकारीको समूहका माध्यमबाट जनतामाथि हरेक कुरा थोपरिने गरेको छ । बस्तुगत अबस्थामा हेर्दा अहिले भारतमा जुन सर्जिकल स्ट्राइक, नोटबन्दी जस्ता कुराहरु र बर्तमान समयमा भारतमा सबैभन्दा बढी चर्चित शब्द कुनै छ भने त्यो हो – ‘मब लिञ्चिङ्ग’ अर्थात् ‘भीड दण्ड’ । यो प्रकृया वास्तबमा कुनै भीड नभएर एक किसिमको प्रायोजित हि«ंसक टोली खडा गरेर गरिएको छ जसले भयको डरलाग्दो माहोल बनाउन चाहन्छ, यस प्रकाकारको भय कि सर्ब साधारण जनताले आफ्नो मनपरेको कुरा र या रोजाईको कुरालाई छाडेर एक किसिमको निर्देशित बिकल्पको चुनाव गरुन् । यो सबैतिर लागु हुन्छ  चाहे त्यो खाने कुरा होस्, लाउने कुरा होस्, जीवन साथी चुन्ने कुरा होस् सर्ब साधारणको दिमागमा केवल निर्देशित बिकल्प नै आउने गर्दछन् । त्यो भीड भनिने गुण्डागर्दीजन्य समूहको पनि जसले सर्ब साधारण नागरिकहरुको संबैधानिक अधिकार, चुन्ने, रोज्ने अधिकारलाई नै खारेज गरिदिन्छ ।

  स्वतन्त्र भारतमा दलित समुदाय आज पनि आफ्नो जातिको दास छ । यसको फ्नपहिचान आज पनि उसको जाति नै छ । कयौं किसिमका सामाजिक प्रतिबन्धहरु उसमाथि आज पनि थोपरिएका छन् । उसले आफ्नो जीवन साथी आफ्नै जातिभित्र खोज्नु पर्दछ । यदि उसले प्रेम गर्नु छ भने उसले आफ्नो जातिलाई ध्यानमा राख्नु पर्दछ । सार्बजनिक जीवनमा प्रतिदिन उसलाई अबहेला या प्रताडना झेल्नु परिरहेको छ । यदि उसले यो मनुबादी ढाँचाालाई स्वीकार गरेर जीवन जिउँछ भने तर ठिकै छ तर कतै उसले आफुलाई पनि स्वतन्त्र ठान्न थाल्दछ र आफुलाई मन परेको कुरा गर्न उद्यत हुन्छ र ब्राह्मणबादी जञ्जीरलाई चूनौति दिन्छ  भने उसले ‘रोहित बेमुला’ फाँसीमा झुण्डिए जस्तै झुण्डिनु पर्दछ, या फेरि उसले पत्रपत्रिकामा ‘अनर किलिङ्ग’कोरुपमा खबरको बस्तु बन्नु पर्दछ ।   अनेक कानुनहरु हुँदाहुदै पनि दलितले शीर उठाएको सजायत त उच्च जातिले उसलाई आज पनि दिन्छन् नै । अनि त्यतिबेला दलितहरुका गाउँका गाउन तहस नहससम्म पारिन सक्तछन् । अब त के बिडम्बनमा छ र दलित असमञ्जसमा पर्दछ कि उसले गर्ने के हो ? एकातिर त उसलाई बाध्य तुल्याइन्छ पुस्तौनी काम गर्नका लागि तर जब उसले मेरको गाईको छाला निकाल्न जान्छ त्यतिबेला कसैको गाई–प्रेम या हिन्दू–सम्मान जागेर खडा हुन्छ अनि ठाडै उसमाथि मारपिट गर्ने गरिन्छ । पुलिस त आज पनि उसकै बिरुद्ध खडा हुने गर्दछ ।
 
  अर्को भारतीय समाजको ठूलो हिस्सा जसलाई कहिले काही जब स्वतन्त्रताको भम हुने गर्दछ भारतको पितृसत्तात्मक समाजले त्यसलाई आफ्नो दासतको जञ्जिर के हो भनेर सम्झना गराइ दिने गर्दछ । ती हुन् — महिला ! मताधिकार पनि पुरुष सरह नै छ । नोकरी चाकरी पनि गर्न सक्तछन् तर पितृसत्तको दासता भित्र । पुरुषलाई पूरा अधिकार छ उसको बारेमा पूरा निर्णय लिने, कतिपय बेला उसको यौन शोषण गर्ने के अन्दर। पुरुष को पूरा अधिकार है उसके लिए सभी निर्णय लिने । अँ, कति कति बेला सभ्य समाजको प्रदर्शन गर्नका लागि बलात्कारका बिरुद्ध या त्यस्ता ठूला घटनाहरु शहरहरुमा हुँदा त्यसका बिरुद्ध मैन बत्ती बाल्न पनि उनीहरु जरुरी सम्झिने गर्दछन् । अन्यथा महिलाले के पहिरिनु पर्दछ, कतिबेला घर बाहिर निस्कनु पर्दछ, को कोसँग कुरा गर्नु पर्दछ, कोसँग प्रेम गर्नु पर्दछ यी सबै कुरा बहुधा पुरुषले नै निर्धारण गर्ने गर्दछन् । अनि यदि यस पितृ सत्ताको जञ्जिरका बिरुद्ध महिला घर बाहिर निस्कने गरे, आफु खुशी कपडा लाउन थाले भने, जीवन साथी चुन्न थाले भने त्यसको ‘दुष्परिणाम’ बेहोर्न ती महिला स्वयंले जिम्मेवार हुनै पर्दछ ।

  त्यसैले स्वतन्त्रता जुन महान संघर्ष र बलिदानबाट प्राप्त भएको हो त्यसलाई सही तरीकाले मनाउन जुन बिकृत परम्परा जातिबाद, क्षेत्रबाद, धर्मबाद ब्याप्त छ, गरीबी,अभाव, असुरक्षा, बरोजगारीले जकडेको छ त्यसले स्वतन्त्रलाई फिका र अनर्थकारी तुल्याइरहेको छ यथार्थलाई बिर्सनु हुँदैन भन्ने कुरा भारतीय समालोचकहरुले औंल्याइरहेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif