Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नेपालमा चिनीया भाषा र पूँजीमा भारतको चिन्ता किन ?


२०७६ श्रावण २९ गते , बुधवार प्रकाशित

  भारतीय शासक बर्ग र तिनका हिमायतीहरु नेपालमा चिनीयाँ भाषा र चिनी पूँजीको बढ्दो प्रभावले चिन्तित छन् । यसलाई तिनीहरुले चीनको दीर्घकालीन रणनीति ठम्याएका छन् । उनीहरुको कथन छ — २००६÷०७ देखि नै चीनले नेपालमा रणनीति आधार बिकसित गर्नका लागि नेपालीहरुलाई आफ्नो प्रजातीय साँचोमा ढाल्न शुरु ग¥यो भने चिनीयाँ भाषा ‘मन्दारिन’ र चिनीयाँ पूँजीलाई एकसाथ यो रणनीति पूरा गर्ने हतियार बनाउन थाल्यो । उनहरुको यो चिन्ता जे जस्तो भए पनि नेपालमा भारतीय प्रभाव खस्कदै गएको भन्ने भारतीय शासक बर्गका हिमायतीहरुको आकलन र गुनासो देखिन्छ ।    यस सम्वन्धमा काठमाण्डौको एउटा पत्रिकाले प्रकाशित गरेको खबरको हवाला दिदै तिनले भनेका छन् – काठमाण्डौ उपत्यका, पोखरा, धुलिखेल र देशका अन्य भागमा केही सम्भ्रान्त बिद्यालयहरुमा ‘मन्दारिन’(चिनीयाँ भाषा)लाई अनिबार्य बिषयको रुपमा जोडिएको छ । उनीहरु भन्दछन् — यस महत्वपूर्ण कदमका बारेमा नेपालको पाठ्यक्रम निर्धारण गर्ने सरकारी शिक्षा बिभागलाई पनि बिल्कुलै केही थाहै छैन  । उनीहरुले के  औंल्याएका छन् भने — ती नेपालका निजी बिद्यालयहरुले चिनीया दूतावासद्वारा चिनीयाँ भाषामा  निशुल्क शिक्षक उपलब्ध गराएका कारण यस्तो निर्णय लिएका हुन् । उनीहरु यस आधारमा थप  के पनि प्रश्न उठाउँदछन् भने – के चीन नेपालमा यत्तिका शक्तिशाली भइसक्यो कि निजी संस्थाहरु नेपालको सरकारको ठाउमा चिनीयाँ दूतावासको प्रभावमा आएर काम गर्न थालेका हुन् ? त्यस्तो होइन भने सरकारको अनुमति तथा अभिभावकहरुको सहमति बिना निजी संस्थाले कुनै पनि बिदेशी भाषालाई अनिबार्य बिषयकोरुपमा कसरी पाठ्यक्रममा शामेल गर्न सक्तछन् ? दोश्रो प्रश्न उनीहरुले के गरेका छन् भने के नेपाल अब चीनको प्रभावमा यत्तिका होचो बनिसकेको छ कि नेपालमा चिनीया दूताबासले नेपाल सरकारको सहमति बिना नै यस्तो निर्णय लिन सक्छ ? अनि त्यसको अनुपालन पनि गराउन सक्छ ? तेश्रो अझ महत्वपूर्ण र भिन्न प्रश्न उनीहरु के पनि गर्छन् भने के भारतले  पनि नेपालको सरकारले जस्तै यस परिवर्तनलाई हलुकारुपमा  लिुन पर्ने हो ? यसलाई नेपालको आन्तरिक मामिला मानेर भारत चिन्तामुक्त भइदिनु पर्ने हो कि नेपालको चीनको प्रभावलाई एउटा डरलाग्दो चूनौति मानेर अगाडिको रणनीति बनाउन पर्ने हो ?    उनीहरुले औंल्याएका छन् — नेपालको त्यो ‘प्रतिष्ठत’ पत्रिकाले आफ्नो प्रतिबेदनमा बकाइदा ती संस्थाहरुको नाम पनि प्रकाशित गरेको छ जसले चिनीया भाषा मण्डारिन अनिबार्यरुपमा पढाउने गरेको स्वीकारेका छन् । ती संस्थानको यो बिषय सामेल गर्नुको तर्क के छ भने यस बिषयलाई पढाउने सम्वन्धमा चिनी दूतावासले निःशुल्क शिक्षक उपलब्ध गराउने जिम्मेरी लिएको छ । यद्यपि यी संस्थानहरुले सरकारी शिक्षा बिभावको कुनै अनुमति लिएका छ्रैनन् । यसकारण यति कुरा त स्पष्टै हुन जान्छ कि ती शिक्षण संस्थाहरु चिनीया दूतावसको तुलनमा देशको सरकारी तन्त्रलाई खाशै महत्व दिदैनन् । यसको कारण के हुन सक्तछ ? के नेपालको पाठ्यक्रम बिकास केन्द्र (करिकुलमा डेभलपमेण्ट सेण्टर) यत्तिको निष्कृय र भ्रष्ट बनेको छ कि ती संस्थाहरुलाई यसको कुनै वास्ता थिएन या नेपालका यी संस्थाहरु नेपालको  ‘‘कम्युनिष्ट सरकार’’लाई चीनको राजनीतिक प्रतिष्ठानको बच्चा सम्झिरहेका छन् । जसले गर्दा बिना स्वीकृति ? चिनीयाँ भाषा पढाइएको जानकारी भएर पनि प्रतिरोध गर्न समर्थ छैन ?   संभवतः यसै कारणले आज मण्डारिन नेपालमा अनिवार्य बिषय बन्न पुगेको हो भन्ने उनीहरुको निष्कर्श छ । नेपालका एलिट संस्थाहरुले लिएको यो निर्णयप्रति त्यत्ति आफुहरुले ध्यान नदिए पनि के कुरामा ध्यान दिइनु पर्दछ भन्ने भारतीयहरुको निचोड छ भने – यो चीनको दीर्घकालीन रणनीतिको हिस्सा हो । बास्तवमा चीन २००६÷०७ मा नेपालमा माओबादीले बिजय गरेदेखि नै तिनीहरुसँग मिलेर आफ्नो ‘स्ट्रेटेजिक फ्रेमवर्क’ बिकसित गर्ने रणनीतिमा कार्य गरिरहेको र त्यसका लागि चीनले प्रभावशाली तरीका ‘ट्रेक – २ डिप्लोमेसी’मा काम गर्न शुरु गरेको थियो भन्ने निष्कर्श उनीहरुले निकालेको देखिन्छ । नेपालमा रणनीतिक आधार बिकसित गर्नका लागि एकातिर नेपालीहरुलाई आफ्नो प्रजातीय ढाँचामा(कम्युनिष्ट बनाउने ?) ढाल्ने कोशिश  र अर्कोतिर अर्कोतिर चिनीया भाषा मण्डारिन र चीनको पूँजीलाई एकैसाथ हतियारकोरुपमा प्रयोग गर्ने चीनले निर्णय लियो भनेर उनीहरुले औंल्याएका छन् । त्यति मात्रै होइन, चीनले नेपालमा आफ्नो प्रभाव बिस्तारका लागि शिक्षण केन्द्रहरुको स्थापना ग¥यो । फलतः चिनीया धर्म र सँस्कृतिका लागि नेपालमा स्थान बनाउन सकियोस् भन्ने चिन्ता पनि उनीहरुमा देखिन्छ । यस क्रममा नेपाली स्कलरहरुलाई चीन आमन्त्रित गरेर चिनीया थिंकट््याङ्कद्वारा प्रशिक्षित गर्ने काम पनि गरेको उनीहरु औंल्याउँदछन् । त्यसरी प्रशिक्षित भएपछि उनीहरु नेपाल फिर्ता आएर चीनको स्ट्रेटेजिक फ्रेमवर्क निर्माण गर्न र नेपालमा चीनको मनशाय अनुरुप मनोबैज्ञानिक बातावरण निर्मित गर्नमा निर्णायक भूमिका निर्बाह गर्न सकुन् भन्ने चीनको चाल रहेको उनीहरुको बुझाई छ । यस रणनीतिमा चीन सफल पनि भएको ती भारतीयहरुको दाबी र आकलन छ ।   उनीहरु भन्दछन् – के मान्नु पर्दछ भने चीन नेपालमा म्याकेलेले जस्तै ‘न्यू ब्रेन’ तयार गर्न चाहन्छ जसले गर्दा नेपालको सोच र चरित्रलाई बदल्न सकिन्छ । पहिला एक समय थियो जतिबेला भारत नेपालको प्रमुख सहयोगी हुने गर्दथ्यो । तर अब स्थिति  पूरै बद्लिएको छ । २०१५ मा  भारतको नेपालमाथिको अनौपचारिक नाकाबन्दीका कारण नेपालमा जुन समस्या उत्पन्न भयो त्यसले नेपाली राजनीतिमा मात्रै होइन, नेपाली जनमानसमा पनि भारतका बिरुद्ध एक किसिमको रोष पैदा गरिदियो जसको फायदा चीनले सहानुभूति देखाएर उठायो  र यो  काम चीनले अहिले पनि  जारी राखेको छ भन्ने उनीहरुको चिन्ता छ ।    नेपाललाई आफ्नो एकछत्त अर्थ–राजनीतिक प्रभाव क्षेत्र मान्ने र ठान्ने भारत बिश्वब्यापीरुपमा चीनको बढ्दो शक्तिलाई देखेर नेपालमा चिनीया भाषाको बिस्तार र चिनीयाँ पूँजीको कुुरा उठाइरहेको छ । चिनीया भाषा सिक्ने वा नसिक्ने पढाउने वा नपढाउने अनि नेपालमा चिनीया पूँजीलाई नियमानुसार प्रबेश दिने या नदिने नेपालको चासो र चिन्ताको बिषय हो । तर यसमा भारतले नेपाललाई अर्ति उपदेश दिन र आबश्यक कदम उठाउन समेत भारतीय सत्ताका हिमायतीहरु सरकारलाई दबाब दिन र उक्साउन आतुर रहेका देखिन्छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif