Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अन्तर्राष्टिय यूवा दिवस र यूवा सँस्कृतिको खोजी : एक बिश्लेषण


२०७६ श्रावण २८ गते , मंगलवार प्रकाशित

   


सीताराम थापा


१. यूवा दिवस पृष्ठभूमि 
         

                                                                                 
    हरेक बर्ष औपचारिक किसिमले बिश्वब्यापीरुपमा मनाइने गरेको अन्तर्राष्ट्रिय यूवा दिवस १२ अगष्टमा नेपालमा पनि मनाउने प्रचलन  छ । संयुक्त राष्ट्रसंघले सन २००० देखि  मनाउन थालेयता  नेपालमा  २००४ देखि मनाइएको यसको इतिहास छ । यद्यपि, यूवा शक्तिको सवाललाई ओझेलमा पारेर  उनिहरुको व्यापक संलग्नता बिना मनाईने परम्परामा अझै फेरबदल आउन सकेको छैन।

          नेपालमा उमेरको हिसाबले  यूवा भनेर परिभाषा गरिएको मात्र १६ लेखी ४० बर्ष उमेर समूहका ४०.३४ प्रथिशत रहेको तथ्याङ्क  छ।  आर्थिक बिकासको अपार र सशक्त जन शक्ति मानिने यूवालाई सही किसिमले परिचालन नगरी नेपालको आर्थिक समृद्धिको  परिकल्पना गर्नु अर्थबिहीन छ । वास्तवमा   आज युवाहरु नै आर्थिक, सामाजिक लगायत स्वास्थ्य, शिक्षा, रोजगारी सबै क्षेत्रमा  मनोबैज्ञानिक हरेक किसिमले चरम समस्या  भोगि–ब्यहोरीरहेका छन् । यी नै समस्याले गर्दा यूवा शक्ति प्रवासिन बिवश छ । प्रवासिएका परिवार – पारिवारिक बिघटनको चपेटामा परेर  सानादेखि ठूलासम्मका शहर पसेका छन् । यस स्थितिले ‘गाउँ गाउँ सिंहदरबार’ भन्ने सरकारको मूल नारालाई  प्रभाबकारी सम्बोधन हुन सक्दैन।


       वास्तबमा  यूवा भनेको के हो ? युवा दिवस किन, कहिले मनाईन्छ ?  यूवाको बिकास संस्कृतिको मनोदशा केहो ?  भन्ने अन्यौलतामै दिवसको उठान र बैठान हुने गर्दछ। यसको परिधि निकै लामो भयकोले यसकै सेरोफेरोमा आधारित रहेर यो आलेख तयार पार्न खोजिएको छ ।

     २. यूवा पहिचानको खोजी :                

    उमेरले मात्र हुने होईन, यूवा त जोश, जागर, सृजना क्षमता, कर्म क्षमताले हुने हो। यूवा हुन आफु युवापन ( मतलब  सोचमा युवा, भौतिक र आध्यात्मिमक जगतमा यूवा, सामाजिक तथा मनोबैज्ञानिक रुपमा यूवा हुन सक्नु पर्दछ ।  यूवा समय सापेक्ष परिस्थिति अनुकुल अपटुडेट हुने कला र कदममा यूवा, देस र समाजको खातिर योगदानमा यूवा, बदलिदो तातो र उन्नत सूचना प्रवाह र प्रबिधिको खोजि गरी  त्यसलाई ग्रहण गर्ने यूवा हुन सक्दछ । सोच, चिन्तन, आचरण र संस्कृतिमा अब्बल हुँदै जाने शक्ति युवा हो । “धनको गरीबीले मान्छे गरीब बन्दछ, “सोचको गरीबीले मान्छे गरीब बन्दैन“  भने जस्तै यूवापन उमेर ढलेर यूवा नहुने होईन, उमेरले तन्नेरी नै भएर मात्र पनि यूवा हुने नि होईन। कम उमेर वा बैँस भरिएका राता र तातो मानिस जब अल्छि बन्दछ, श्रममा बिश्वास राख्दैन, अर्थ उपार्जन संलग्न भएको हुदैन र दिउसै “लाटोकोसेरो“  झै सुत्छ र कल्पना गर्छ, पैसा कमाउने आधुनिक प्रबिधि प्रयोग गर्नै सक्रिय नभए चिन्तित हुँदै रोगी बन्दछ, तब ती  सबै बैसहरु यूवा हुनै सक्दैन । जब यौवानावस्थामा आधुनिक प्रबिधिको खोजी भन्दा कोठामा सुतेर बाह्य आयातित प्रबिधि मोवाईल ब्वाई (फेसबुक  ट्विटर, युटिव,आदि) बन्दछ, तब ती बैशहरु यूवा हुनै सक्दैन । यति मात्र नभएर क्याम्पस जाने नाउमा शहर पसेर टाइम पास गर्छ, चुरोट लगायत सूर्तिजन्य पदार्थ  हुँदै लागू औषधको कुलतमा फस्दछ, बिपरित लिङ्गप्रति आकर्षित हुँदै अन्ततः यौनकर्मी, यति मात्र नभएर यौन रोगि बन्दछ   र “बिदेशी  एड’’ जस्तै एड्स रोगि बन्दछ तब ती बैशलु यौवनहरु तरुणा सुन्दरी जवानहरु सबै युवा हैनन्, हुँदैनन्,ती त जिउदा लासमा परिणत हुन पुग्दछन ! अर्थात् ज्यूदो मुर्दाशरीका मात्र  लासहरु । यसले बान्की परेको जवानीहरु, परेवाका जस्तै सुन्दर सुन्दरी तरुण र तरुणीहरु पनि यूवा अबस्थामै, झ्याम्टी पर्दछन् । यसैले यूवा हुनका लागि चाहिने शारिरीक स्वस्थ, चिन्तन गर्न सक्ने स्मरण, ज्ञानको क्षमता, कला सृजना गर्ने, उत्पादन गर्ने, साहित्य जोगाउने, सूचना लेखन गर्ने, अध्ययनशीलहरु बहिस्कृत हुन्छन। बहिस्कृत ती हात र अन्याय अत्याचार बिरुद्व कुनै पनि बाहानामा नबोल्ने ती बोली र आवाज बिहीनलाई यूवा त के भन्ने ? चिसा मुढा भनिदिए केही फरक पर्दैन।  यूवा अबस्थामै कति ढलेका छन ती दरिला हातहरु चिसो मुढासरी कति गलेका छन । आवाज बिहीनका आवाजहरु  ती बन्द, कालो जेलको कोठरी जस्तै, बन्द ती मुहार र ओठहरु चिसा मुढा भनिदिए वास्तवमा फरक पर्दैन !
     ३. बैशमै टाक्सिएका यूवा संस्कृतिः   
   
       
        भन्छन् – पचास, साट्ठी काटियो बुढो भइयो, दिन गए, भन्दै सुति खेति गरिरहेछन् ।  “उमेर त बन्धन हुन्न जिन्दगानीमा“ भनिए जस्तो बिश्व बुझेका, प्रौढहरु  कन्सल्टेन्ट,  राजदुत,  आयुक्त,नीति निर्माता, अभिनेता,भएर दाम नाम दुबै कमाक छन। कति प्रौढ लेखन गायन, सृजनाको खोजी गरिरहेका छन्। कति त जुलुशमै भेटिन्छन् । यति मात्र नभएर ठूलादेखि साना दल –  बामपन्थीदेखि हामपन्थी, कम्युनिष्टदेखि क्रान्तिकारी, राजाबादीदेखि लोकतन्त्रबादी सबै भिखारी जोगी, सन्यासि  ६० देखि ८० काटेर पनि दलको प्रमुख, नेता र जोशिला यूवा खम्बा बनिरहेछन, र बनिरहेछन युवा नेता । यसैको आडमा हिडन सक्ने सम्म प्रधानमन्त्री, र सांसद पनि हुन छाडेका छैनन् । यतिका कुरा देखिरहदा यूवा किन भनी रहेछौ –“ढल्यो उमेर चारा खोज्दै जिन्दगानीम’’। यसैले पनि यूवा महान बुद्धले भने जस्तै  “अप्प दीपो भव’’  हुन सक्नु पर्छ । अर्थात् आफै जलेर अरुलाई प्रकाश दिन सक्ने मात्र वास्तबमा ‘यूवा’ हुन सक्तछ  ।          

 ४. बिश्लेषण र दृष्टिकोणः 
 
                                                                     
      यूवापनको मनोदशाको चिन्तन प्रणाली र सँंस्कृतिहरु नभत्किएसम्म – सामाजिक संजालमा अन्तराष्ट्रिय यूवा दिवसको कामना गरेर, हुदैन। जब, यूवा नामधारी  स्वदेशदेखि बिदेससम्म बर्षेनी सभा सम्मेलन र दिवस मनाएर भोज खाने परम्पराको  निरन्तरताको अंश बन्ने छ,  श्रम र श्रमिक लाई माया नगर्ने, मायाको सँस्कृृृतिलाई निमिट््यान्न पार्ने,बरु कथित छाडा अश्लिल पूँजीबादी लभको संस्कृति र यस्को बिकृति नेपाली समाजले स्विकार गरी  रहने नया नया बिकासे संस्कृति उदीयमान हुने छ।           

      अनि यसरी आफ्नो घर परिवारमा,  नेपाली भूमिमा श्रम नगर्ने तर भरतदेखि अरब खाडी र जापन टोकियोदेखि अमेरिकासम्म गएर भाडा माझेर लाहुरे हुने बिकृत संस्कृतिको निर्माण भैरहेको छ। यता नेपाल प्रवासी परिवार भने हिजो(“ फर्कियर नआउदा अझै मेरो परदेशी हो, भिजि रह्यो पछ्यौरी यो भिज्यो संधै दुई परेली’’ भनेर गीत गाउदा रुने अझै छन । आज  लाहुरे श्रीमान खोज्दै बिहे गरेर नेपाली यूवा बिकृत , बिश्रृङ्खलित, भएर रनभुल्ल छन् । त्यसको दुष्परिणाम साँस्कृतिक, सामाजिक सम्बन्ध मात्र नभएर राजनीति, अर्थतन्त्र पनि प्रभाबित भएका छन। आज यौन – बलत्कार,  अपराध घरदेखि समाज, अधिकारकर्मीदेखि डलरकर्मीसम्म लटरम्म फुलिरहेछ, फलिरहेछ । यही बिकृति संस्कृति राजनीति दलदेखि एनजिओकर्मी नागरिक आन्दोलनसम्म प्रवाहित छ । यहि दुष्प्रभाबी “ थिंक ट्याङक निर्माण गरेर’’ सूक्ष्म किसिमले अध्ययन विश्लेषण आधारीत निकास नखोजे सम्म यूवा दिवस मनाउनु  परम्परा  लाई निरन्तरता दिदै “ बिरोलो बाधेर श्राद्ध गर्ने संँस्कृतिको पुनराबृत्ति मात्र भइरहने छ ।

            जवाफदेहिता कस्को ? कसरी हामी जस्ता मुक्तभोगीहरुले सरोकारवाला पक्षलाई सही मार्गनिर्देशन दिएर समबन्धित निकाय लाई सहयोगीको भूमिका निर्वाह गर्ने ? यो गंम्भीर सवाल बनिरहेको छ।  नत्र उही “यूवा हो,  के जानु र बिदेशमा भाडा माझ्न हो’’ साथी हो, पर्देशीको नोकर र चाकर हुने हो’’ भनेर मैले दशकांै अघि गाएको गीत जस्तै यूवा शक्ति पर्देशिने छ । 
 
           यस्तो अबस्थामा यूवा समुदायलाई मानसिक स्वास्थ्यमा कुनै बिकृति र बिसंगति आउन नदिन के गर्नु पर्दछ भन्ने कुरा एकदमै प्रष्ट छ । उनीहरुको मानसिक स्वास्थ्यमा किन कमजोरी आयो भन्ने प्रश्नको उत्तर के हुन्छ भने उनीहरु बिभेदमा परे पारिएका छन् बेराजगार छन्, कुलत र कुबेशनमा लाग्न बाध्य भएका वा बनाइएका छन् । यी गम्भीर समस्याको ठोस निराकरणका कदम चाल्नतिर आजै र अहिलेदेखि नै अग्रसर हुन सकेमा मात्रै वास्तवमा अन्तर्राष्ट्रिय यूवा दिवसहरु मनाएको पनि सार्थकता हुन्छ ।अन्यथा यी दिवसहरु फगत औपचारिकता पूरा गर्ने कर्मकाण्डीय कुरामा सीमित हुन पुग्दछन् । तिनले यूवा समाजमा सुनिश्चित र सुन्दर भबिष्यको कुनै आशा र बिश्वासको सञ्चार गर्न सक्तैनन् । यूवाहरुको जोश र जाँगरलाई सही किसिमले राष्ट्र निर्माणमा लगाउने बातावरण पनि बनाउन सक्तैनन् । यो एकदमै अकाट्य र यथार्थ कुरा हो ।                                                                          
थापा सामाजिक अभियान्ता एवं बिश्लेषक हुन्  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif