Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

वार्षिकोत्सवमा कुम्भेश्वर महिला साकोसको विविध कार्यक्रम


२०७६ श्रावण २७ गते , सोमवार प्रकाशित

ललितपुुरस्थित कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी नवौं स्थापना दिवस मनाएको छ । संस्थाले सो अवसरमा मुटुरोग तथा पाठेघर स्वास्थ्य परिक्षणका साथै विशेष परामर्श सेवा एवं निःशुल्क औषधी वितरण गरेको जनाएको छ । शिविरमा ८५ जनाले मुटु रोग र ५० जनाले पाठेघर स्वास्थ्य जाँच गराएका थिए । संस्थाले सोही अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो । त्यस कार्यक्रममा २५ जनाले रक्तदान गरेको संस्थाकी प्रबन्ध सञ्चालक शान्ता खड्गीले जानकारी दिइन् । 
समुदायमा आधारित उक्त संस्थाले महिला सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विभिन्न प्रकारका सीपमुलक तालिमहरु सञ्चालन गरी उनीहरुको आर्थिक स्तरोन्नतिमा सहयोग गर्दै आएको छ । ललितपुर बचत संघबाट महानगरपालिकाभित्रकोे उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भइसकेको उक्त संस्थाले आफ्ना सदस्यहरुलाई प्राथमिकतामा राखेर विभिन्न सेवा दिँदै आएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif