Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

मुस्लिम समुदायको महत्वपूर्ण चाड बकरिद मुबारक !


२०७६ श्रावण २६ गते , आईतवार प्रकाशित

 मुस्लिम धमाबलम्बीहरुहरुको इद पछिको दोश्रो ठूलो चाड हो – बकरिद । यसलाई इद – उल – जुहा पनि भनिन्छ । अरबी भाषामा यसको अर्थ हुन्छ – बलिदान दिनु । यो चाड रमजानको पबित्र ब्रतको करीब ७० दिनको सेरोफेरोमा आउँदछ । इस्लामी मान्यताका अनुसार हजरत इब्राहिम आफ्नो पुत्र हजरत इस्माइललाई यसै दिन अल्लाहको आदेशमा अल्लाहको मार्गमा कुर्बानी दिन लागेका थिए । उनले आफ्नो पुत्रको जीवन अल्लाहका लागि अर्पण गरेका थिए । तर अल्लाहले उनको पुत्रलाई जीवन दान दिए । त्यसैको सम्झनामा यो चाड या पर्व मनाइदै आएको हो । 

     हुन त बकरिद शब्दको कुनै सम्वन्ध यो पर्वसँग भएको मानिदैन न ऊर्दूको कुनै शब्द नै हो । बास्तमा अरबी भाषमा ‘बकर’ अर्थ हो – ठूलो जनावर जसलाई जिबह(काटिने) गरिन्छ त्यसै शब्दबाट अपभ्रंश भएर आज नेपाल, भारत, पाकिस्तान लगायतका मुस्लिम देशहरुमा यसलाई ‘बकर ईद’ पनि भन्ने गरिन्छ । ईद – ए – कुर्बानको अर्थ हो – बलिदानको भावना । अरबी भाषामा ‘कर्ब’ को अर्थ एकदमै नजिक रहनेलाई भनिन्छ । अर्थात् यस अवसरमा अल्लाह मानिसको एकदमै नजिक रहेका हुन्छन् भन्ने मान्यता छ । कुर्बानी त्यस पुशको जिबह(काटिनु)लाई भनिन्छ जसमा १०, ११, १२ या १३ जिलहिज्ज(हजको महिना)मा अल्लाहलाई खुशी तुल्याउन गर्ने गरिन्छ ।


  कुरानमा लेखिएको छ कि ‘मैले तिमीलाई हौज–ए–कौसा दिए भने तिमी आफ्ना अल्लाहका लागि नमाज पढ र कुर्बानी देऊ । आजको दिन भेडा, बाखा्र जस्ता पशुहरु जेको पनि बलिदिइन्छ त्यसलाई तीन भाग लगाइन्छ र एक भाग आफुलाई, दोश्रो भाग आफन्त र साथीभाई र तेश्रो भाग गरीबका लागि बितरण गरिने प्रचलनछ । त्यसैले यो चाड, परस्पर सद्भाव, मेलिमिलाप र सहयोगको हिसावले निक्कै नै महत्वपूर्ण छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif