Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

अज्ञात समूहद्वारा गाउपालिकाको गडीमा आगलागी


२०७६ श्रावण २६ गते , आईतवार प्रकाशित

शहबाज खाँन 

कपिलवस्तु । यस जिल्लाको मायादेबी गाँउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आज आगजनी गरेको समाचार छ ।    

 नचिनेका मान्छेको समूहले आज शनिबार राति मायादेवी गाउँपालिका सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति करीब ११  बजेतिर आगजनी गरेको बताइएको छ। आगजनी किन र कसले ग‍रेको हो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्णरुपमा क्षति भएको छ ।

कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताएका छन्  ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif