Sunday, 26 January, 2020    |    २०७६ माघ १२ गते , आईतवार

बिप्लब नेकपा निकट साँकृतिक संघका अध्यक्ष खेम थपलिया पक्राउ


२०७६ श्रावण २५ गते , शनिवार प्रकाशित

 आफुले संबिधान बिपरीत प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी बिप्लबसँग एकातिर सरकारले बार्ताको बाजा बजाउदै छ भने अर्कोतिर  धरपकड र दमनको बल प्रयोग गरिरहेको छ । यसै क्रममा आज बिप्लब नेकपा निकट साँस्कृतिक महासंघका अध्यक्ष तथा प्रगतिशील लेखक सघका पूर्ब उपाध्यक्ष खेम थपलियालाई बागबजार उनकै डेराबाट पक्राउ गरेको खबर छ । 

  थपलियालाई पक्रिन सरकारले शसस्त्र प्रहरी बल र जनपथ प्रहरीलाई प्रयुक्त गरिरहेको बुझिन आएको छ । थपलियालाई पक्रिनु पर्ने कुनै कारण भने प्रकाशमा ल्याइएको छैन । जथाभावी धरपकडर दमन कुनै पनि राजनीतिक समस्याको समाधान हुन सक्तैन भन्ने सामान्य कुरा पनि सरकारले किन स्वीकार गर्न सकिरहेको छैन भन्ने प्रश्न जनस्तरमा उठिरहेकै छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif