Thursday, 23 January, 2020    |    २०७६ माघ ९ गते , विहीवार

समुद्री आँधी लेकिमाले चीनमा १३ जनाको मृत्यु, १० लाख बिस्थापित


२०७६ श्रावण २५ गते , शनिवार प्रकाशित

    आज बिहान चीनमा आएको सामुद्रिक आँधी लेकिमाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्  भने अहिलेसम्म कम्तीमा १३ जनाको ज्यान गएको बताइएको छ।  
चीनीया सरकारी सञ्चारमाध्यमका अनुसार आँधीपछि आएको पहिरोमा परेर १६ जना हराइरहेका छन्।   यो आँधी लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङमा प्रहार गरेको बताइएको छ  । 

  यो लेकिमालाई पहिला “सुपर टाइफून“ मानिएको थियो। त्यतिबेला उक्त आँधी १८७ किलोमिटर प्रतिघण्टामा वेगमा चलेको थियो । यद्यपि भूमिमा प्रहार गर्नुभन्दा पहिला नै त्यसको शक्ति क्षीण भएर गएकोले धेरै भयावह नोक्सान गर्न सकेन । 


  त्यो मानिसहरू हताहत हुनेगरी पहिरो गएको स्थान वेन्झू लेकिमा भूमिमा बजारिएको ठाउँनजिकै भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।अहिले लेकिमा बिस्तारै झेजियाङ प्रान्त हुँदै उत्तरतिर जाँदै गरेको र उक्त आँधी दुई करोड मानिस बसोबास गर्ने शाङ्घाई पुग्ने अनुमान गरिएको ।    त्यहाँ आपत्कालीन सेवाका कर्मचारीहरूले बाढीमा फसेका गाडीहरूको उद्धार गर्न सङ्घर्ष गर्नुपरेको थियो ।

  धेरैतिर विद्युत् आपूर्ति बन्द भएको छ र ढलेका रूखहरू जताततै देखिएको बताइन्छ । यो बिनाकारी आँधी शाङ्घाईमा पुग्नुभन्दा अघि नै रेल सेवा र एक हजाराभन्दा बढी उडान स्थगित गरिसकिएको छ ।   खतरा के बताइन्छ भने आँधीको शक्ति अझ क्षीण हुने भए पनि त्यसले डरलाग्दो बाढी गराउनेछ।
    सुरक्षाको दृष्टिले शाङ्घाईबाट दुई लाख पचास हजार तथा झेजियाङ प्रान्तबाट आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारि सकिएको बताइएको छ।   तर पनि प्रभावित क्षेत्रमा झन्डै २७ लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

  शिन्ह्वा समाचारसंस्थाका अनुसार लेकिमा यो वर्ष आएको नवौँ तथा धेरै वर्षमा आएको सर्वाीधक शक्तिशाली समुद्री आँधी हो।   चीनका मौसमविद्हरूका अनुसार अहिले सो समुद्री आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर जाँदैछ।

  यसअघि ताइवानको उत्तरी भागलाई छुँदै चीनतिर गएको लेकिमाले केही मानिसलाई घाइते बनाएको र भौतिक संरचानमा क्षति पुर्‍याएको थियो।   एक दिनअघि मात्रै त्यस स्थानमा ६.० म्याग्निच्युडको भूकम्प आएको थियो।  

    भूकम्पपछि अस्थिर जमिन र आँधी समेतले गर्दा हुने ठूलो वर्षाका कारण पहिरोको जोखिम बढेको विज्ञहरूले औँल्याएका छन् । यो लेकिमा अहिले पश्चिम प्रशान्त महासागरमा उत्पन्न भएको दोस्रो आँधी हो।   पूर्बतिर क्रोसा समुद्री आँधीका कारण उत्तरी मारियाना आइल्यान्ड र गुआममा ठूलो वर्षा भएको छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif