Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बस दुर्घटनामा २० जना बेपत्ता ९ जनाको मृत्यु १६ को उद्धार


२०७६ श्रावण २५ गते , शनिवार प्रकाशित

   काडमाण्डौ÷ आज बिहान ३.३० बजेतिर सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ४२ जना यात्रु र ३ जना बस स्टाफ बोकेको ना ६ ख ७४६९ नम्बरको त्यो सृष्टि डिलक्स  बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् भने १६ जनाको जिवितै उद्धार गरिएको समाचार छ ।  

यस दुर्घटनामा परेर मृत्यु हुनेहरुमा मलंगवा नगरपालिका ७ का जगरनाथ राय यादव, हरिवनका विनोदप्रसाद उप्रेती, मलंगवाका सुनिल श्रीवास्तव, उनको श्रीमती निमा श्रीवास्तव, स्थान खुल्न नसकेका अजय दास र बिजय कुर्मीको पहिचान भएको प्रहरीले जनाएको छ । बाँकी ३ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।   दुर्घंटनाका मृतकहरु मध्ये श्रीवास्तव दम्पतीको शव भरतपुर अस्पतालमा र अन्यको शव धादिङको गजुरीमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिइसकेको छ ।   

इ्र.प्र.का. गजुरीको डिएसपी खगेन्द्र खड्का अनुासर घटनास्थलमा तीन जनाको शव भेटिएको थियो भने त्रिशुली नदीको चितवनस्थित मुंगलिनमा दुई, तनहुँको देवघाटमा दुई, धादिङको चिरौदीमा एक र अर्को एक जनाको शव फेला परेको थियो ।   

त्यस बसमा यात्रारत कतिपय यात्रुहरु बगाएको आशंकामा राजमार्ग क्षेत्रका सबै प्रहरी युनिटहरुलाई नदी किनारहरुमा निगरानी बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताएका छन् ।  


बस दुर्घटना भएको घटनास्थलको प्रारम्भिक अध्ययन गर्दा चालक निदाएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी धादिङका इन्स्पेक्टर नेत्रप्रसाद भट्टले सन्देह गरेका छन् । ‘दुर्घटनास्थल नजिकै ठूलो घुम्ती पनि छैन ।’ भट्टले भने, ‘त्यस्तो ओरालो बाटो पनि हैन, कम जोखिम भएको ठाउँमा दुर्घटना भएको देखिएकाले चालक निदाएको हुनसक्छ ।’ रात्री बसमा दुईजना चालक अनिवार्य हुनुपर्ने नियमानुसार चालक देखिएपनि परिवर्तन भए रनभएको पुष्टी नभएको पनि उनले बताएका छन् ।  

यस दुर्घटनामा घाइते भएका १६ मध्ये ७ जनाको काठमाडौंमा सामान्य उपचारपश्चात डिस्चार्ज गरिएको छ । घटनामा परेका ९ जनामध्ये ८ जनाको ट्रमा सेण्टरमा र एक जनाको उपचार कहाँ भइरहेको जानकारी नभएको प्रहरीले जनाएको छ।   

सामान्य उपचार गरी डिस्चार्ज हुने यात्रुहरुमा गम्ह्रिया दिनेश ठाकुर, हरिपुरका भोगेन्द्र चौधरी,  औरहीका राहुल महतो, हरिपुरका अमृत लामा, जमुनियाका भुपेन्द्र कुमार यादव, कबिलासीका बिजय राय यादव, भारत बिहार सीतामढीका धिरेन्द्र यादव रहेको बताइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif