Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

लुकाईछिपाई ल्याउन लागेका मोटर पार्टस् प्रहरीद्वारा बरामद


२०७६ श्रावण २५ गते , शनिवार प्रकाशित

 शहबाज खान 

कपिलबस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले हिजो,ठूलो मात्रामा  अबैध मोटर पार्टस बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय कृष्णनगर बाट प्रहरी निरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको सादा पोशाक टोलीले  हिजोे बिहाना १० .०० बजेको समयमा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१ डबर गाउ नजिक को खेतमा परालमा  लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा रहेको  जम्मा रु.१,८३,८४०र((एक लाख तिरासी हजार आठ सय चालिस रुपया)बराबरको अबैध मोटरपार्टसहरु फेला परेको थियो ।उक्त मालसामानलाई भन्सार कार्यलय कृष्णनगरमा बुझाई यस्ता गतिबिधिहरुमा संलग्न हुने गिरोहको बारेमा छानबिन गरि रहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन्। 

फेला परेको मोटरपार्टसहरु को विवरण यस प्रकार छ :

  जिपको क्राउनसेट थान ३, जिपको ठूलो सकर थान १२,जिपको सानो सकर थान ८ ,प्रेसर प्लेट थान ७, गियर लिभर टप थान २,स्टेरिंङ बक्स थान २, खचुवा माउनिङ थान ३,कन्सेन्टीफ सेलेप सिलिन्डर थान १०,सापट क्रस होल्डर सानो थान १२,क्रस होल्डर ठूलो थान १३,आयल सिल ठूलो थान ७,आयल सिल सानो मझौला गरी थान ८ रहेको बताइएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif