Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

कुरा गर्ने धेरै भए तर काम गर्ने कोही भएनन्


२०७६ श्रावण २४ गते , शुक्रवार प्रकाशित

                                       
  सीताराम थापा       
(जनताको लागि  समर्पित )

देस बनाउने सबै भए, गाउँ बनाउने कोही भएनन्                                         
सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएनन्                                           
कुरा सुनाउने धेरै भए, जनताको सुनी दिने  कोही भएनन्  
सम्बोधन गर्ने अझ धेरै भए, दुखी फेर्ने  कोही भएनन्
संविधान फेर्ने धेरै भए, बास्तबिक ब्यवहार फेर्ने कोही भएनन्
नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएनन् 
अंधबिश्वास फेर्ने भेरै भए, तर अंधभक्त फेर्ने कोही भएनन्
सत्ता फेर्ने धेरै धेरै भए,  शुसासन फेर्ने कोहि भएनन् सिदान्त
फेर्ने सबै भए, ब्याबहार फेर्ने कोहि भएनन्  ।। 

 (((((((((((((((((((((((((((((((((((((((((  

शासन गर्ने धेरै भए,  शाषित हुने  कोही भएन
सपना बांड्ने धेरै भए, बिपना कोर्ने कोही भएन
बामपन्थि सबै भय, पुर्ण कनमपन्थि कोहि भएन
कम्युनिष्ट त धेरै भए,  ग्रहण गर्ने धेरै भएनन् 
अधिकारकर्मी त धेरै भए, न्यायपथमा हिड्ने कोही रहेनन् 
संगीत भर्ने धेरै भए, थिति बदल्ने खासै  आएनन्
दाम कमाउने धेरै भए, श्रममा रमाउने  धेरै रहेनन्
नेता हुने धेरै भए,  सही नेतृत्व सबै भएनन् ।।  

((((((((((((((((((((((((((((((((((((((((((((  

रुपान्तरण भेरै भए, हुकुम नदिने कोही भएनन्
मुक्ति दिने धेरै भए, जुक्ति  दिने कोही भएनन्
पार्टीहरु धेरै भए,  साथी जनताको कोही  भएनन् 
राजनीति फेर्ने धेरै भए, गांऊ फेर्ने कोहि आएनन्
सिंहदरबार बस्ने धेरै भए, झुपडीमा हेर्नेे कोहि भएनन्
सत्तामा पुग्ने धेरै भए, दुखिकहाँं पुग्ने खासै  भएनन्।।  

,((((((((((((((((((((((((((((((((((((((((((  

समाज फेर्ने केही भए, सम्मान दिने कोही भएनन्
सर्वहाराकरण एकाध भए, साथ–साथ दिने कोही भएनन्
झुपडीमा पुग्ने सीमित भए,  सलाम गर्ने कोही भएनन्
सतकर्म  बटुवा कोही भए, स्वीकार गर्ने धेरै भएनन।।
 
(((((((((((((((((((((((((((((((((((((((((((

 थापा सामाजिक अभियान्ता तथा कवि पनि हुन।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif