Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

सिञ्चाईको अभावमा कपिलबस्तुमा सुख्खैमा किसान धान लगाउदै


२०७६ श्रावण २४ गते , शुक्रवार प्रकाशित

  कपिलवस्तु

  सयम मा पानी न पर्दा कपिलवस्तुका धैरे किसान चिन्तित देखिएका नेपालपत्र न्यूज डट कममा प्रतिनिधि शहबाज खाँनले समाचारमा उल्लेख गरेका छन् । यस जिल्लको प्रायः सबै धानखेती कार्य आकाशे पानीको भरमा गरिने गरेको र किसानका लागि सिंञ्चाई, उन्नत र गुणस्तीय मलखाद आदि सधै नै अभाव रहने गरेको उनले औंल्याएका छन् ।

उनी भन्छन् — नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश भएपनि उचित मात्रामा देश र किसानको हितमा पानीको सदुपयोग र  व्यवस्थापन न हुदा किसानको बालीनाली, पशु पक्षीपालन, तरकारी खेती र व्यापारी समेतलाई ठूलो मार्का पर्दै आएको उनले औंल्याएका छन् ।    यस बर्षको हालको मानसुन हेर्दा पनि खेतीयोग्य जमीन समयमा धानबाली लगाउन नसके मरुभुमी बन्ने सम्भावना देखिन्छ।  

  त्यसैगरेर यस जिल्लका  शिवराज न.पा. वार्ड नं.८ का किसान छागुर मौर्यले पनि पानी न पर्दा आफ्नो सुख्खा खेतमा धान रोप्दै छन । उनी भन्छन् – “अरु क्षेत्रमा बिकासमा देश फडको मार्दै जादा पनि कृषि तर्फ सरकारको कुनै ध्यान न जादा पहिलै को अवस्थामा आज पनि  कृषि क्षेत्रको अवस्था यस्तो नाजुक बन्दै गएको हो  । त्यसको प्रतिफल आज म लगायत अन्य म जस्तै किसान सुख्खा खेतमा धान रोप्न बाध्य छौं । “
  भन्नमा नेपाल कृषि प्रधान देश भनेर मात्र हुदैन , सरकारले कृषिमा पनि उचित लगानी गर्न र जल, जंगल, जमिनमा किसानको हित हुने गरी लगानी लगाउन आबश्यक छ भन्ने औंल्याएका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif